बिहेको जन्ती चढेको स्कारपियो र यात्रु बस ठोक्किँदा बेहुलाका आमा-बुवासहित ६ जनाको मृत्यु

बिहेको जन्ती चढेको स्कारपियो र यात्रु बस ठोक्किँदा बेहुलाका आमा-बुवासहित ६ जनाको मृत्यु

दाङ । लमही नगरपालिका वडा नम्बर ९ रिहार नजिक स्कारपियो र वस ठोक्किँदा ६ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

बिहीबार बेहुली लिएर चितवनको गितानगरबाट बाँकेको शमसेरगञ्ज जाँदै गरेको बा १२ च ३१२२ नम्बरको स्कारपियो जीप र महेन्द्रनगरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ५ ख ४०९० नम्बरको यात्रुवाहक बससँग ठोक्किँएको थियो ।

राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ निवासी ५३ वर्षीय मानबहादुर केसी, ४५ वर्षीया विमला खत्री, ४९ वर्षीय बिश्वनाथ अधिकारी, ५ वर्षीय प्रविण केसी, ३१ वर्षीय दिपककुमार खड्का, कोहलपुर नगरपालिका १२ निवासी ७८ वर्षीय दत्तबहादुर खत्रीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय अमिलियाले जानकारी दिएको छ । दुर्घटनामा ४५ वर्षीय गीतादेवी खत्री र चालक २१ वर्षीय यमबहादुर मगर घाइते छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्