विराटनगरमा मिस पुर्वेली सुपर मोडलका सुन्दरीहरु बन्द प्रशिक्षणमा के गर्दैछन्

विराटनगरमा  मिस पुर्वेली सुपर मोडलका सुन्दरीहरु बन्द प्रशिक्षणमा के गर्दैछन्

प्रेम देवान

विराटनगर २७ मंसिर । प्रदेश नम्बर एकमा ए–वान ईन्टरटेन्मेन्ट प्रालिले पहिलो पटक मिस नेपाल भन्दा ठूलो राशीको पुरस्कारको घोषणा गरेसँगै छनौटमा परेका सन्दरीहरु यतिबेला बन्द प्रशिक्षणमा प्रवेश गरेका छन् ।
किशोरीहरुमा भएको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यका साथ पुनः सातौ संस्करणको मिस पुर्वेली सुपर मोडल २०१८ का सहभागीहरु यति बेला बन्द प्रशिक्षणमा छन् ।
ए–वान ईन्टरटेनमेन्ड प्रा.लिको आयोजना तथा खिचिक्क फोटो फेक्ट्री, भिजिवल विज्ञापन एजेन्सीको सहकार्यमा जारी मिस पुर्वेली सुपर मोडलका प्रतिस्प्रधीहरुलाई विभिन्न तालिम प्रदान गरिदै आएको ए–वान ईन्टरटेनमेन्ड प्रा.लिका अध्यक्ष किरण लामाले जानकारी दिनुभयो । छनौट भएका किशोरीहरुलाई फन एण्ड फुड भिलेज रिर्सोटमा अहिले जुली राई र नुनु श्रेष्ठले जुम्वा कक्षाको प्रशिक्षण दिईरहनुभएको छ ।
प्रतियोगिताको बिजेताले नगद २ लाख ५० हजारसहित १० लाखको लाईफ ईन्सोरेन्स र एक हप्ताको ईन्डोनेसियामा टुर जान पाउने छन् । त्यसैगरी फस्ट रनरअपले नगद १ लाख सहित ५ लाखको ईन्सोरेन्स र वालीको टुर साथमा एयर होस्टेजको फ्रि टे«निङ पनि प्राप्त गर्ने भएका छन् । प्र्र्तियोगिताको फाइनल पुस १४ गते विराटनगरमा हुनेछ । यस प्रतियोगिताको अनलाईन मिडीया पार्टनर आवर विराटनगर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्