विराटनगरकाे नोवेलमा शव बन्धक प्रकरण :अस्पतालमा बन्धक बनाएको शव उठ्यो

विराटनगरकाे नोवेलमा शव बन्धक प्रकरण :अस्पतालमा बन्धक बनाएको शव उठ्यो

प्रेम देवान ।
विराटनगर, २७ मंसिर । विराटनगरको नोवेल अस्पतालमा ३२ वर्षीय दीपक मिश्रको उपचारको क्रममा मंगलबार निधन भयो । सवारी दुर्घटनामा परि उपचार गराउँदै आएका मोरङको कटहरी गाउँपालिका–३ का मिश्रको नोवेल अस्पतालमा लामो समयदेखि उपचार भईरहेको थियो । तर मंगलबार अचानक मिश्रको निधन भएपछि अस्पताल र औषधि खर्चमा लागेको पैसा तिर्न नसकेर अस्पतालले शवलाई बन्धक बनाएर राखेको थियो ।
उपचार खर्चमा लागेको साढे तीन लाख रुपैयाँ रकम बुझाउन नसक्दा अस्पतालमा नै बन्धक बनाएर राखेपछि मृतकका श्रीमती अनितादेवीलाई निक्कै समस्या भयो । साथमा न श्रीमान् नै छन् नत पैसा नै । दुबै सकिएपछि अप्ठेरोमा परेकी उनकी श्रीमती अनिताले आज ऋण गरेर शव निकालेकी हुन् । अनिता दुई दिनसम्म भौतारिएकी थिईन् । आफन्त र साथी भाईसँग कति दिनसम्म पैसाको भौतारिएकी थिईन् ।
पाँच महिना अस्पतालमा राखेर उपचार गर्दा उनको १४ लाख भन्दा बढी रुपैयाँ यस अघि खर्च भईसकेको अनितादेवीले आवर विराटनगरलाई बताईन् । श्रीमानको उपचारमा आफ्नो सम्पत्ति सकिएपछि थप तीन लाख रुपैयाँ दिन सक्ने अवस्थामा नभएपछि शव निकाल्न गाह्रो भएको थियो । बल्ब सयकडा ५ रुपैयाँको दरले ऋण खोजेर अस्पताललाई १ लाख ५२ हजार रकम बुझाएर शवलाई निकालेकी हुन् । उनले अस्पतालाई मात्र १ लाख ५२ हजार रुपैयाँ बुझाईन् भने औषधि उपचारको एक लाख २५ हजार बुझाएको सुनाईन् । त्यस्तै नोवेलको क्यान्टिनमा ४० हजार गरि करिब ३ लाख बढी रकम बुझाएर मात्र आफ्ना श्रीमान्को शव उनले प्राप्त गरेकी हुन् ।
गत साउन २ गते विराटनगर महानगरनगरपालिका–४ स्थित कञ्चनवारीमा मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएका मिश्रको नोबेल अस्पतालमा उपचारको क्रममा मंगलबार मृत्यु भएको थियो ।
मंगलवार देखि २ दिनसम्म बन्धक बनाएर राखेको शव रकम बुझाएपछि बिहीबार मात्र आफन्तलाई जिम्मा लगाएको हो । शवलाई विहीबार नै कोशी अञ्चल अस्पतालमा पोष्टमार्टम गरी दाहसस्कार गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्