इलाममा निःशुल्क ९० जना मोतिविन्दु रोगीको शल्यक्रिया

इलाममा निःशुल्क ९० जना मोतिविन्दु रोगीको शल्यक्रिया

इलाम, २७ मंसिर । इलामको सूर्योदय नगरपालिकाको फिक्कल स्वाथ्य चौकीमा शल्यक्रियासहितको निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । सोमबारबाट शुरु भएको आँखा शिविरमा ६८ जना मोतिविन्दुका रोगीको आँखाको शल्याक्रिया गरिएको छ ।

नेपाल नेत्रज्योति सङ्घ इलाम, सूर्योदय नगरपालिका तथा आँखा अस्पताल विराटनगरको संयुक्त आयोजनामा शिविर सञ्चलन भएको हो । मंसिर १६ गतेदेखि सूर्योदय नगरपालिकाका विभिन्न स्थानमा आँखाको निःशुल्क परीक्षण गरी औषधि वितरण गरिएको नेत्रज्योति सङ्घका सचिव विष्णु कार्कीले जानकारी दिए ।

शिविरमा विराटनगर आँखा अस्पतालका डा. हनी केसीलगायत ११ जनाको चिकित्सकको टोलीले सेवा पु¥याइरहेको छ । शिविरमा मोतिबिन्दुको शल्यक्रिया, विद्यार्थीलाई निःशुल्क चश्मा वितरण तथा औषधि विरण गरिएको छ । यस अघि आमचोकमा २२ जनाको शल्याक्रिया गरिएको कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्