झापामा  सबारी दुर्घटना, एक जनाको मृत्यु

झापामा  सबारी दुर्घटना,  एक जनाको मृत्यु

झापा, २८ मङ्सिर ।  झापामा  सबारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर मृत्यु हुनेमा तेहथुम जिल्ला जलजले गाँउपालिका वडा नम्बर १ का ३६ बर्षिय पूर्णराज लिम्बु रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरी निरीक्षक खगेन्द्र एक्तेनका अनुसार केर्खास्थित शहिद गेट सडकखण्डमा   पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को ९ प ५८६९ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आईरहेको को १२ प ७५२२ नम्बरको मोटरसाईकल एकआपसमा जुधेको थियो ।

मृतक लिम्बु को ९ प५८६९ नम्बरमा सवार थिए भने घाईते अर्का मोटरसाईकलमा सवार सुनसरी जिल्ला इटहरी उपमहानगरपालिका १ का २८ बर्षिय विमल श्रेष्ठ र सुनसरीकै गढीगाँउपालिका ५ का २२ बर्षिय समुज श्रेष्ठको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भईरहेको प्रहरी निरीक्षक एक्तेनले बताए । प्रहरीले दुर्घटनामा संलग्न दुवै मोटरसाईकललाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार एक साताको अवधिमा दमक आसपासमा भएका चार वटा अलग दुर्घटनामा परेर बाबुछोरासहित पाँच जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्