विराट मेडिकल कलेजको एमबीबीएसः निःशुल्क भन्दै विद्यार्थीसँग १५ लाख असुल्दै

<span class='c1'>विराट मेडिकल कलेजको एमबीबीएसः  निःशुल्क</span> <span class='c2'>भन्दै विद्यार्थीसँग १५ लाख असुल्दै</span>

विराटनगर, २८ मङ्सिर ।  विराटनगरस्थित विराट मेडिकल कलेजले सरकारी छात्रवृत्तिमा निःशुल्क एमबीबीएस पढ्ने विद्यार्थीसँग विभिन्न नाममा साढे १५ लाखभन्दा बढी असुल्ने गरेको छ । विद्यार्थी र अभिभावकले निःशुुल्क छात्रवृत्तिमै शुल्क तिर्नुपरेको भन्दै हस्तक्षेप गर्न सरकार शिक्षामन्त्रीलाई आग्रह गरेका छन् । काठमाडौँ विश्वविद्यालयको छात्रवृत्तिअन्तर्गत छनोट भएका विद्यार्थीका अनुसार कलेजले अनिवार्य होस्टल र खानाबापत ५ वर्षमा ९ लाख ३० हजार रुपैयाँ बुझाउन भनेको छ ।  यसअन्तर्गत बर्सेनि ९० हजार खाना र ९६ हजार होस्टलको शुल्क छ । यस्तै इन्टर्नसिप शुल्क २ लाख तोकिएको छ ।

‘होस्टलमा नबस्दा, मेसमा नखाँदा एड्मिसन हुन्न भन्छन्, छात्रवृत्ति पाएका विद्यार्थीका अभिभावक महानन्द झा भन्छन्, ‘जेहेन्दार भनेर पढ्न पाए पनि ५ वर्षमा विभिन्न नाममा करिब १५ लाख ५५ हजार १ सय ४५ रुपैयाँ तिर्न बाध्य पार्नु कस्तो सरकारी छात्रवृत्ति हो ?’  यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्