बेहुलाबेहुली चढेको जीप दुर्घटनामा पर्यो , २१ जना घाइते

<span class='c1'>बेहुलाबेहुली चढेको जीप दुर्घटनामा पर्यो</span> <span class='c2'>, २१ जना घाइते</span>

बनेपा । रामेछापबाट जन्ती लिएर सिन्धुपाल्चोकतर्फ जाँदै गरेको बा१९च ६९३४ नं को बोलेरो जिप काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२, बेलामा दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।

प्रहरी नायब उपरीक्षक दिपक गिरीकाअनुसार जिप अनियन्त्रित भई सडकमा पल्टिएको थियो । घाइतेको धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । जिपमा सवार रामेछाप खाँडादेवी गाउँपालिका–१ की २१ वर्षीया बेहुली स्विकृति तामाङको बाया हातमा तथा सिन्धुपाल्चोक बलेफी गाउँपालिका–३ का २२ वर्षीय बेहुला लक्ष्मण तामाङको ढाड र छातीमा चोट लागेको छ । बलेफी गाउँपालिका–६ का चालक प्रेम तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्