विराटनगरमा हुने वर्डक्याम्पको तयारी भव्यरुपमा हुदै

विराटनगरमा हुने वर्डक्याम्पको तयारी भव्यरुपमा हुदै

बिराटनगर मङ्सिर २८ ,

संसारको सबैभन्दा प्रख्यात वेबसाइट बनाउने र ओपेन सोर्स सिएमएस वर्डप्रेस सम्बन्धि एक दिने सेमिनार 'वर्डक्याम्प' पुस ७ मा विराटनगरमा हुने भएको छ । वर्डक्याम्प विश्वव्यापी रुपमा आयोजना हुने अन्तर्राष्ट्रिय कार्यक्रम हो ।
संसारभरीका ५ सय भन्दा बढि सहभागीहरुकाे उपस्थिति रहने यस वर्डक्याम्पकाे तयारी अन्तिमरुपमा पुगेकाे अायाेजक समितिका सुजित झाले बताए । उनले कार्यक्रमलाइ अन्तराष्ट्रियस्तरकाे बनाउनका लागि अाफुहरु तयार रहेकाे जानकारी दिए ।

होटेल एसियाटिक एयरपोर्ट रोड विराटनगरमा हुने यस कार्यक्रममा विभिन्न देशका राष्ट्रिय र अन्तर्राष्ट्रिय ख्यातिप्राप्त ४ सयभन्दा बढी नेपाली तथा विदेशी वर्डप्रेस विशेषज्ञ सामेल हुनेछन् । विश्वभरि रहेका प्रविधिसम्बन्धी काम गर्ने विश्वव्यापी कम्पनी जेटप्याक, वुकमर्स, ब्लुहाेस्ट, गाेडेडिसहित सफ्टवेरिका कलेज, रारा थिम लगायतकाे सहयोगमा कार्यक्रम हुन लागेको आयोजक समितिका संयाेजक शाण्डिल्य काफ्लेले बताए ।

कार्यक्रममा वर्डप्रेस सहित प्रविधिका विषयमा जानकारीहरु अादानप्रदान हुनेछ । यसै गरि वर्डक्याम्पकै अवसर पारेर सामाजिक कार्य गरिरहेका विभिन्न संस्थाहरुकाे वेबसाइट निशुल्क रुपमा बनाएर हस्तान्तरण गरिने, वर्डप्रेसकाे म्युजियम , जब फेयर , प्रदेश १ मा संचालन हुने विभिन्न स्टार्टअप कम्पनीहरुकाे सामुहिक उद्घाटन लगायतका कार्यक्रम हुने अायाेजक समितिका कमल साहले बताए ।
वर्डक्यामकाे अघिल्लाे दिन संचालन हुने प्रिपार्टी र क्याम्प सकिएपश्चात हुने अाफ्टर पार्टी विराटनगरकाे पर्पल हेड्जमा हुनेछ ।

कार्यक्रममा प्लाटिनम स्पन्सरमा वुकमर्स, जेटप्याक, अाेसन डब्लु पि, डब्लु पि इभेन्ट म्यानेजर, सफ्टवेयरिका कलेज , गाेल्ड स्पन्सरमा गाेड्याडि, सिल्भर स्पन्सरमा ब्लुहाेस्ट, एफ थिम, रारा थिम, विडेभ्स, ब्राेन्ज स्पन्सरमा याेस्ट एकाडेमी, सुपर्ब थिम्स, डब्लुपि ड्रिजल, पाइला टेक्नाेलाेजी रहेका छन् । यसै गरि पेमेन्ट पार्टनर इसेवा र मिडिया पार्टनरमा रुपमा मकालु टेलिभिजन, अावर विराटनगर डट नेट, काेशी एफएम, टेकपात्राे डटकम र डिभाेटप्रेस डटकम रहेका छन् ।

कार्यक्रमकाबारेमा थप जानकारीका लागि वर्डप्रेसकाे केन्द्रिय कार्यालयले उपलब्ध गराएकाे अाधिकारीक वेबसाइट www.2018.biratnagar.wordcamp.org हेर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्