विराटनगरमा घरायसी बिवाद हुँदा छोराद्धारा आफ्नै बाबुको छुरा हानी हत्या

विराटनगरमा घरायसी बिवाद हुँदा छोराद्धारा आफ्नै बाबुको छुरा हानी हत्या

विराटनगर २८ मंसिर । विराटनगर महानगरपालिका– १७ धुनिया बस्तिमा छुरा रोपी आफ्नै बावुको हत्या गरेका छन् ।
आफ्नै छोराद्धारा बर्ष ५० बर्षिय शसि मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
बिहीबार राती साढे ९ बजेको समयमा शसि मण्डल, निजको जेठी श्रीमतीको छोरा बर्ष २५ को आकाश मिया मण्डल र शसि मण्डलको कान्छी श्रीमतीको छोरा बर्ष २२ को चुनु मण्डल बिच घरायसी बिवाद हुँदा चुनु मण्डलले धारिलो हतियार छुरा प्रहार गरेका थिए ।
छुरा प्रहारबाट गम्भीर घाइते मण्डललाई उपचारको लागि नोवेल अस्पताल विराटनगर पठाईएकोमा उपचारको क्रममा राती साढे १० बजे मृत्यु भएको थियो । छुरा प्रहारबाट सौतेनी दाजु आकाश मण्डल समेत घाइते भई सोही अस्पतालमा उपचार भईरहेको छ । छुरा प्रहार गर्ने मण्डललाई पक्राउ गरी थप अनुसन्धान भईहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्