विराटनगरको बाटो हुँदै किशोरीलाई ललाई फकाई गरी भारत लैजाने ओमप्रसाद पक्राउ

विराटनगरको बाटो हुँदै किशोरीलाई ललाई फकाई गरी भारत लैजाने ओमप्रसाद पक्राउ

विराटनगर २८ मंसिर । विराटनगरको बाटो हुँदै भारत तर्फ किशोरीलाई बेच्न लैजाने एक युवा विराटनगरबाट पक्राउ परेका छन् ।
ताप्लेजुङको तेल्लोक घर भएकी १९ बर्षीय किशोरीलाई ललाई(फकाई भारतको जोगवनी तर्फ लैजाँदै गरेको अवस्थामा विहीबार ओम प्रसाद सुबेदीलाई प्रहरीले पक्राउ गरेको हो ।
विहीबार साँझ सवा ७ बजेको समयमा सिमा प्रहरी चौकी रानी र सानो हात नेपाल नामक सँस्थाले बर्दिवास नगरपालिका(६ महोत्तरी बस्ने ऋषीराज सुवेदीको छोरा बर्ष १९ को ओम प्रसाद सुवेदीलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका सुवेदीलाई इलाका प्रहरी कार्यालय रानीमा राखि थप अनुसन्धान भईरहेको छ भने किशोरीलाई सानो हात नेपाल नामक सँस्थाको संरक्षणमा मोरङ प्रहरीले जनाएको छ । ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्