सप्तरीको विष्णुपुर गाउँपालिका–७ बालविवाहमुक्त वडा घोषणा

<span class='c1'>सप्तरीको विष्णुपुर गाउँपालिका–७</span> <span class='c2'>बालविवाहमुक्त वडा घोषणा</span>

राजविराज, मङ्सिर २८ गते । सप्तरीको विष्णुपुर गाउँपालिका–७ वडालाई विहीबार बालविवाहमुक्त घोषणा गरिएको छ । गाउँपालिकाको वडा कार्यालयद्वारा आयोजित घोषणा सभामा जिल्लाका विभिन्न ठाउँमा भइरहेको बालविवाहलाई मध्यनजर गर्दै गाउँपालिकाको वडा नं ७ लाई बालविवाहमुक्त घोषणा गरिएको हो ।

जम्मा ५१० घरधुरी रहेको यस वडामा यस आवको अहिलेको अवधिसम्ममा नौवटा विवाह भएको र त्यसमध्ये एउटा मात्र बालविवाह भएको थियो । घोषणासभामा वडाध्यक्ष विन्देश्वर साहले २० वर्षभन्दा मुनिका महिलाको प्रजनन अङ्ग पूर्णरूपमा विकसित नहुने र यस्तो अवस्थामा विवाह गर्दा जन्मिने बच्चा र आमाको ज्यान जोखिमपूर्ण हुने बताउनुभयो । कानूनले नै २० वर्षभन्दा कम उमेरको विवाहलाई बालविवाह भन्दै रोक लगाएको छ ।

वडा नं ७ मा बालविवाह गर्नेलाई गाउँपालिकाबाट दिइने सेवा सुविधाबाट वञ्चित गर्ने र उसको घरका सदस्यले पाउने वृद्ध भत्ता र शौक्षिक छात्रवृतिसमेत बन्द गरिने वडाध्यक्षसाहले आयोजित बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्