भिडियो बनाउन सिक्ने चाहना भएका युवाहरुको निम्ति फिल्म मेकिंग तालिम

भिडियो बनाउन सिक्ने चाहना भएका युवाहरुको निम्ति फिल्म मेकिंग तालिम

बिराटनगर मङ्सिर २८ , विकल्प एन अल्टरनेटिभ र एभरेस्ट पोलेसी इन्स्टिच्युटको संयुक्त आयोजना र समृद्धि फाउन्डेसन, एकाउन्टिबिलिटि ल्याब र एट्लस नेटवर्कको सहयोगमा ५ दिने आवसीय फिल्म मेकिंग तालिमको संचालन हुन गइरहेको छ  ।

उक्त कार्यक्रमलाइ तिन चरणमा बिभाजन गरिएको छ  ।पहिलो चरणमा सहभागीहरुलाई ५ दिने आवासीय तालिम दिइने छ, जसमा फिल्म बनाउने आधारभूत बिषयमा बिस्तृत जानकारी दिइने छ  ।दोश्रो चरणमा सहभागीहरुलाइ चार समुहमा विभाजित गरि छोटो समयको सिनेमा निर्माण गर्नको निम्ति फिल्डमा पठाइने छ भने, अन्तमा सहभागीहरुले तयार गरेको सिनेमालाइ दर्शक माझ प्रस्तुत गरिने छ  ।

उक्त कार्यक्रममा सहभागी हुनको निम्ति इच्छुक आवेदकले आबेदन फर्म भर्नुपर्ने छ, जसको आधारमा २४ जना सहभागीहरुलाई तालिमको निम्ति छनौट गरिने छ  । छनौटमा परेका सहभागीहरुले दर्ता शुल्क स्वरूप १९७५ रुपैया बुझाउनु पर्नेछ  ।फर्म भर्ने अन्तिम मिति पौष ५ गतेसम्म रहेको छ भने, कार्यक्रम इटहरीको युथ डेभलपमेन्ट सेन्टरमा पौष १३ देखि १७ गतेसम्म संचालन हुनेछ  ।१८ बर्ष देखि २९ बर्षका युवाहरुले यस कार्यक्रममा सहभागिता जनाउन सक्नेछन् । उक्त कार्यक्रममा सहभागीहरुलाई फोटोग्राफी, सिनेमेटोग्राफी, स्क्रिप्ट लेखन, एक्टिंग, लाइट, साउण्ड, आर्ट डिरेक्सन, एडिटिंग, डाइरेक्टरको भूमिका आदिको बिषयमा प्रशिक्षण दिइने कुराको जानकारी बिकल्प एन अल्टरनेटिभका निर्देशक बसन्त अधिकारीले दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्