प्याब्सन इटहरीले खेल महोत्सव आयोजना गर्ने

प्याब्सन इटहरीले खेल महोत्सव आयोजना गर्ने

इटहरी मङ्सिर २८ , 

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) इटहरीले खेल महोत्सवको आयोजना गर्ने भएको छ । यही पुस १ गतेदेखि ८ गतेसम्म इटहरी स्थित रङ्गशालामा खेल आयोजना गर्न लागिएको बताइएको छ ।

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले उद्घाटन गर्ने सो खेल महोत्सवमा इटहरीरका एकसय बढी विद्यालयले सहभागिता जनाउने बताइएको छ । आयोजकले इटहरीमा पत्रकार सम्मेलन आयोजना गरी कार्यक्रमको बारेमा जानकारी दिएको हो ।

सो खेल महोत्सवमा फुटबल, क्रिकेट, भलिबल, टेबलटेनिस, ब्याडमिन्टन, छेलो, ज्याब्लिङ थ्रो, हाइजम्प, लङ जम्प र दौड लगायत एक दर्जन खेल समावेश गर्न लागिएको प्याब्सन इटहरी अध्यक्ष सुवर्ण थापाले बताए । इटहरीमा रहेका निजी विद्यालयबीचमा पारस्परिक सम्बन्ध कायम गर्न र विद्यार्थीको सर्वाङ्गीण विकास गर्न खेल महोत्सव आयोजना गर्न लागिएको उनले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्