फुटबलको विकासमा विराटनगरमा ऐतिहाँसिक सम्झौता, प्रदेश १ सरकारले २ करोड बजेट छुट्याउँदै

फुटबलको विकासमा विराटनगरमा ऐतिहाँसिक सम्झौता, प्रदेश १ सरकारले २ करोड बजेट छुट्याउँदै

विराटनगर,२८ मंसिर । नेपाली फुटबलका लागि प्रदेश १ सरकारले ठुला दुई प्रतियोगिता गर्ने भएको छ। अखिल नेपाल फुटबल संघ एन्फाको आयोजना तथा प्रदेश १ सरकारको सहकार्यमा आगामी पाँच वर्षकालागि प्रतियोगिता गर्ने सम्झौता भएको हो ।विराटनगरमा शुक्रबार आयोजित कार्यक्रममा सामाजिक विकास मन्त्रालय र एन्फा विच सम्झाैता भएकाे हाे ।  मन्त्रालयकाे तर्फबाट मन्त्री जीवन घिमिरेले र एन्फाकाे तर्फबाट कर्माछिरिङ शेर्पाले सम्झाैता पत्रमा हस्ताक्षर गरेका छन् ।  प्रदेश सरकारको सहकार्यमा प्रदेश १स्तरीय मुख्यमन्त्री कप लिग फुटबल प्रतियोगिता र अन्तष्ट्रिय आमन्त्रण मुख्यमन्त्री कप फुटबल प्रतियोगिता हुने छ । 
कार्यक्रममा प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले नेपाली फुटबलको विकासमा ऐतिहासिक सम्झौता भएको बताएका हुन् । कार्यक्रममा एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले प्रदेशका लागि दुवै प्रतियोगिता गौरवमय हुने बताए। दुईवटै ठूला प्रतियोगिताले प्रदेशका लागि फरक पहिचान बनाउने विश्वास लिएको अध्यक्ष शेर्पाले स्पस्ट पारे।
सम्झौता पत्रमा हस्ताक्षर गर्दै एन्फा अध्यक्ष शेर्पाले दुवै प्रतियोगिता यसैवर्षदेखि २०७९ सालसम्मकालागि रहने बताए। जसका लागि प्रदेश सरकारले कुल २ करोड रुपैया उपलब्ध गराउने छ । प्रदेश १ स्तरीय मुख्यमन्त्री कप लिग फुटबल अन्र्तगत प्रदेशका १४ जिल्लाबाट टोलीले सहभागिता जनाउने छन्। यसमा उत्कृष्ट हुने दुइ शीर्ष टोली अन्तर प्रदेश एन्फा प्रेसिडेन्ट कपमा सहभागि हुनेछन्।
त्यसैगरि, अन्र्तराष्ट्रिय आमन्त्रण मुख्यमन्त्री कप फुटबलमा सातै प्रदेशका उत्कृष्ट टोली, ए डिभिजन क्लबका ६ टोली, र तीन वटा अन्र्तराष्ट्रिय फुटबल क्लबको सहभागिता रहने एन्फाले जनाएको छ । यसमा बढिमा १६ वटा टोलीको सहभागिता रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्