विराटनगरमा बन्यो ११ करोडको लगानीमा अत्याधुनिक सुविधा सम्पन मल्टिप्लेक्स सिनेमा हल

विराटनगरमा बन्यो ११ करोडको लगानीमा अत्याधुनिक सुविधा सम्पन मल्टिप्लेक्स सिनेमा हल

प्रेम देवान
विराटनगर, २८ मंसिर । विराटनगर यतिबेला प्रदेश नम्बर एकको अस्थायी राजधानी भएर बसेको लामो समय भईसक्यो । यही समयको दौरानमा विराटनगरमा एकपछि अर्को गर्दै सुविधा सम्पन्न उद्योग, कल कारखाना, होटल, सपिङ महल तथा सिनेमा हलहरु संचालनमा आउने क्रममा जारी छ ।
यसैक्रममा विराटनगरमा ११ करोडको लगानीमा सेन्ट्रल मल्टिप्लेक्स सिनेमा हल निर्माण भएको छ । विशाल ग्रुप , देवनगरा ग्रुप र हाइलाइफ ग्रुपको संयुक्त लगानीमा सिनेमा हल संचालनमा ल्याइएको हो ।
सेन्ट्रल मल्टीप्लेकस संचालकहरुले शुक्रबार एक कार्यक्रममा विच संचालनमा ल्याईएको हो । करिब ६ हजार २ सय ३५ वर्ग फिटमा निर्माण भएको दुई वटा हलको क्षमता ५ सय सिट रहेको छ । मल्टिप्लेक्समा उच्च प्रविधिका टुडी र थ्रिडी स्क्रीन डल्वी डिजिटल इफेक्ससहितको जेबीएल ब्राण्डको साउन्ड सिस्टम र वर्ड हेल्थ अर्गनाइजेसन गुणस्तरका एसीहरुको रहेको देवनगरा ग्रुपका डाइरेक्टर प्रकास मुन्दडाले जानकारी दिए .।
उक्त सिनेमा हलमा चलचित्र निर्देशक तथा निर्माता दिपाश्री निरौला, दिपकराज गिरी, हास्य कलाकार केदार घिमिरेलगायतको समेत उपस्थति रहेको थियो । उक्त हलको कलाकार दिपक,दिपा,केदार घिमीरे लगायत मेयर भीम पराजुलीले उद्घाटन गरेका थिए । सिनेमा हलमा छक्का पञ्चा ३ समेत प्रर्दशन गरिएको थियो । .
एक सय करोड सपिङ महल
सोही ग्रुपले सिनेमा हल सहितका विविध व्यापारिक प्रयोजनका लागि झण्डै १ सय करोडको लगानीमा विराटनगर–७ को मेनरोडमा अवस्थित रहेको सिनेमा हलसहितको सुविधा सम्पन्न सेन्ट्रल मलको निर्माण भइरहेको छ । अबको ४० दिनपछि उक्त मलको पनि उद्घाटन गरिने मेनेजिङ डाइरेक्टर मुन्दडाले जानकारी दिए । उक्त मलमा झण्डै ४ सय जनाले रोजगारी पाउने उनले बताए . मलमा ५) भन्दा बढी सोरुम,रेष्टुरेन्ट, सुपर मार्केट, राष्ट्रिय तथा अन्तराष्ट्रिय ब्राण्डका विभिन्न सामाग्री उपलब्ध हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्