सुनसरीमा प्रहरीकोे गोलबाट मारिएका ब्यक्ति पेशेवर अपराधी भएको खुलासा

सुनसरीमा प्रहरीकोे गोलबाट मारिएका ब्यक्ति पेशेवर अपराधी भएको खुलासा

सुनसरी, २९ मंसिर ।
पाँचदिन अघि सुनसरीको कोशी गाउँपालिकामा हतियारधारीसँगको भिडन्तका क्रममा प्रहरीको गोली लागि मृत्यु भएका व्यक्ति पेसेवर अपराधी भएको खुलेको छ ।
नेपाली भूमि तर्फ प्रवेश गर्दै गरेको समूहलाई सीमामा रोक्ने क्रममा प्रहरीमाथि फायर भएपछि जवाफी कार्वाहीका क्रममा मृत्यु भएका नसरुल मियाँको शनाखत भएसँगै उनी मस्ट वान्टेड सूचिका फरार प्रतिवादी रहेको खुल्न आएको हो ।
सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्वर १३ घर भएका ४० वर्षिय मियाँ बिगत लामो समयदेखि भारतमा लुपीछिपी बस्दै विभिन्न आपराधिक घटनामा संलग्न रहँदै आएको खुलेको हो । मृतकको नाममा जिल्ला प्रहरी कार्यालय सप्तरीमा गोली प्रहार गरी ज्यान मार्ने उद्योगका साथै हातहतियार खरखजाना, केही सार्वजनिक अपराध अन्र्तगतका गम्भिर प्रकृतिका तीन फरक मुद्दा दर्ता रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीमा समेत मृतक मियाँको नाममा लागु औषध मुद्दा दर्ता रही फरार प्रतिवादीका रुपमा विवरण उल्लेख रहेको भेटिएको छ । झडपका क्रममा प्रहरीको गोली लागि मियाँको घटनास्थलमै मृत्यु भएको थियो भने उनको साथबाट ५ थान गोली र २ थान पेस्तोल बरामद भएको थियो । घटनामा अन्य अपराधी भने फरार भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्