सप्तरीको तिलाठी कोईलाडीमा आगलागी, १० घर लजलेर नष्ट

सप्तरीको तिलाठी कोईलाडीमा आगलागी, १० घर लजलेर नष्ट

सप्तरी, २९ मंसिर ।
सप्तरीको तिलाठी कोईलाठी गाउँपालिका ७ बभनगामा टोलमा शुक्रवार साँझ भएको भिषण आगलागीमा १० घर जलेर नष्ट भएका छन भने करिब ४० लाख बराबरको क्षति भएको छ ।
गाउँपालिका ७ स्थित विन्देश्वरी साफीको घरबाट साझ ५ बजेतिर अचानक सल्किएको आगो फैलिएर निजको ३ घरका साथै छिमेकी प्रसाद साफीको २ घर, सकिलाल रजकको २ घर प्रयोग रजकको २ घर र फुलिया देवी रजकको १ घर जलेर नष्ट भएको हो । सो आगलागीमा ४ पशु चौपाया जलेर मरेका छन भने फुलिया देवी रजकको घर सहित नगद ५० समेत जलेर नष्ट भएको छ । यता अन्य घरमा क्षति हुन नदिन छेउका अन्य २ वटा घर भत्काइएको छ । आगलागीमा लत्ताकपडा भाडाकुडा खाद्यान, फर्निचर र नगद समेत गरी ४० लाख बराबरको क्षति भएको तिलाठी कोईलाडी गाउँपालिकाका प्रमुख सतिशकुमार सिंहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्