शनिबारीय विशेष : विराटनगरमा रहेको कारागारमा जब मिस पुर्वेली सुपर मोडलका सुन्दरीहरु पुगे

शनिबारीय विशेष : विराटनगरमा रहेको कारागारमा जब मिस पुर्वेली सुपर मोडलका सुन्दरीहरु पुगे

प्रेम देवान
विराटनगर २९ मंसिर । सधै सुनसान अनि चकमन्न रहन्छ विराटनगरको हाटखोलाको कारगार अनि चारै तिरको अग्ला दिवालले घेरिएको कारागारमा शुक्रबार भने बग्लै दृश्य देखियो ।
बिना सजाय पनि कारागार परिसर मै जीवन बिताउन बाध्य कैदी बन्दीका साना नानीका लागि शुक्रबार सुखद दिन रह्यो । बिभिन्न अपराधमा सजाय काटिरहेका आमाका साथमा रहेका साना नानीहरुले न्यानो कपडा, मिठो खानेकुरा पाएपछि दङ्ग देखिन्थे । पौष १४ गते सम्पन्न हुने मिस पूर्वेली सुपर मोडल २०१८ को संस्करण अन्तरगत प्रशिक्षणमा रहेका १९ जना प्रतिष्पर्धी लगायत मिस पूर्वेलीको टोलीले शुक्रबार विराटनगर कारागारमा रहेका महिला कैदी बन्दीका ६ जना सन्तानलाई बिभिन्न सामाग्री हातमा थमाईरहेको दृष्य कैद भईरहेको थियो ।
एवान इन्टरटेनमेन्ट एण्ड फिल्मस् प्रालिले आयोजना गर्ने मिस पूर्वेलीमा बिभिन्न चरणका कार्यक्रम अन्तरगत सो सामाग्री बितरण गरेको हो । प्रालिका अध्यक्ष किरण लामाले जाडो समयमा साना साना बालबालिका कारागारका कष्टकर जीवन बिताउन बाध्य रहेको थाहा पाएपछि लत्ताकपडा, पौष्टिकयुक्त खानेकुरा, खेलौना, ब्यल्केट जस्ता सामग्री बितरण गरेको जानकारी दिए । ६ महिनादेखि ३ बर्ष उमेर रहेका बालबालिकाको चिकित्सक टोलीले स्वास्थ परिक्षण गर्नुका साथै औषधि समेत वितरण गरेको थियो ।
कार्यक्रमका संयोजक सौरभराज राजभण्डारीका अनुसार गिता एभिएसनको मुख्य प्रयोजक रहेको सो प्रतिष्पर्धामा १९ जना युवती सहभागी रहेका छन् । शनिबारबाट अन्तिम चरण बन्द प्रशिक्षण समेत हुने राजभण्डारीले जानकारी दिए । यस प्रतियोगिताको अनलाईन मिडीया पार्टनर आवर विराटनगर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्