इटहरीका २ जना भारतमा ३३ किलाे सुन सहित समातिए , गोरेको हराएको सुन हुन सक्ने अनुमान

इटहरीका २ जना भारतमा ३३ किलाे सुन सहित समातिए , गोरेको हराएको सुन हुन सक्ने अनुमान

काठमाडौं मङ्सिर २९ । भारतकाे कलकत्ताबाट ३३ किलाे अवैध सुनसहित दुर्इ नेपाली पक्राउ परेका छन् । गत शुक्रबार कोलकातामा इटहरीका राकेशप्रसाद र हेमकुमार शर्मा ३३ किलो सुनसहित पक्राउ परेको सूचना भारतीय अधिकारीमार्फत नेपाललार्इ जानकारी भएकाे छ ।

यस लगत्तै नेपालमा चर्चित ३३ किलाे सुन तस्करी र शनम हत्याकाे अनुसन्धान गर्न गठित समितिले सुनबारे चासाे दिएर अनुसन्धान थालेको छ । उनीहरुले प्रयोग गरेको कारमा लुकाइराखेकाे अवस्थामा ३३ किलो सुन बरामद गरेको भारतीय अधिकारीहरुले पुष्टि गरेका छन्

नेपाली नागरिकबाटै बरामद भएकाे उक्त सुन त्रिवि विमानस्थलबाटै हराएकाे भनिएकाे ३३ किलो हुन सक्ने अाशंकामा समितिले अनुसन्धान थालेकाे हाे । कलकत्ताबाट बरामद सुन चुडामणि उप्रेती ‘गोरे’ समूहले तस्करी गरेर ल्याउँदा हराएकाे सुन हो कि हैन भन्नेबारे समितिले अनुसन्धान थालेकाे हाे ।

गृह मन्त्रालय स्राेतले भन्यो- ‘भारतमा सुन समातिएको कुरा आएको छ, ठूलो परिमाणमा सुन भित्रने भनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै हो ।’ त्यसैले भारतमा समातिएको सुन पहिल्यै भित्रिएको र गायब भएको भनिएको साढे ३३ किलो सुन हुन सक्ने समितिकाे अाँकलन छ ।(न्युज २४ को सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्