झापा जिल्लाका सबै स्थानीय तह खुल्ला दिसामुक्त घोषणा

झापा जिल्लाका सबै स्थानीय तह खुल्ला दिसामुक्त घोषणा

झापा,  मंसिर २९ । झापा जिल्लाका सबै स्थानीय तह खुल्ला दिसामुक्त घोषणा भएका छन् ।

जिल्लाको १५ स्थानीय तहमध्ये १३ स्थानीय तह यसअघि नै खुल्ला दिसामुक्त घोषणा भएका थिए । बाँकी दुई स्थानीय तह मेचीनगर नगरपालिका र हल्दिबारी गाउँपालिका बिहीबार खुल्ला दिसामुक्त घोषणा भएको छ ।

सरसफाइ गुरुयोजना सार्वजनिक भएपछि २०७३ सम्म खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको समन्वयमा विभिन्न संस्थाहरुले खुल्ला दिसामुक्त अभियानमा सहयोग गरेका थिए । यस क्रममा झापामा ३९ हजार २ सय ८७ चर्पी निर्माण भएको जिल्ला समन्वय समिति झापाका प्रमुख एवम् जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष सोमनाथ पोर्तेलले जानकारी दिनुभयो ।

स्थानीय तह पुनःसंरचनाको क्रममा बुद्धशान्ति गाउँपालिका खुल्ला दिसामुक्त घोषणा भइसकेको र बाँकी स्थानीय तह पछिल्लो १६ महिनाको अवधिमा खुल्ला दिसामुक्त घोषणा भएको हो । झापालाई नै खुल्ला दिसामुक्त घोषणा गर्ने तयारी भइरहेको अध्यक्ष पोर्तेलले बताउनुभयो ।
प्रदेशस्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिबाट जिल्लाको अन्तिम गुणस्तर अनुगमन र स्वीकृतिपश्चात जिल्लाई खुल्ला दिसामुक्त घोषणा गरिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्