खाेटाङमा जन्ती जाँदा बेपत्ता भएका वृद्ध मृत भेटिए

खाेटाङमा जन्ती जाँदा बेपत्ता भएका वृद्ध मृत भेटिए

मंसिर २६ गते बिहानदेखि सम्पर्कविहीन भएपछि खोजीका क्रममा राईको शव शनिबार दुम्लीकै च्याङ्सी खोलामा भेटिएकोे हो । तेश्रो साना सहरी खानेपानी आयोजना दिक्तेलका अध्यक्ष रहेका राईको शव सडकभन्दा ५० मिटरमाथि खोल्सीमा फेला परेको नगर कार्यपालिका सदस्य गंगाबहादुर विश्वकर्माले जानकारी दिए ।

रातको समयमा राँको बालेर हिँड्ने क्रममा भिरबाट लडेर राईको मृत्यु भएको अनुमान गरिएको छ । मंसिर २५ गते राति २ बजे सुतेका राई भोलिपल्ट बिहान ओछ्यानमा नभेटिएपछि खोजी थालिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्