गाइघाट बजारको मुख्य रोडमै फुड फेष्टिबल आयोजना, असर सवारी साधन र सर्वसाधरणमा

गाइघाट बजारको मुख्य रोडमै फुड फेष्टिबल आयोजना, असर सवारी साधन र सर्वसाधरणमा

उदयपुर, २९ मङ्सिर । गाइघाट बजारको मुख्य रोडमै फुड फेष्टिबल आयोजना गर्दा सवारी साधन र सर्वसाधरणमा मार्कमा परेका छन्। जिल्ला होटल व्यवसायी संघ उदयपुरले आयोजना गरेको फुड फेष्टिबल मुख्य सडकमै आयोजना गरेपछि मार्कमा परेका हुन्। स्थानीय शिव दाहालले मेला, महोत्सव आयोजना गर्ने धेरै खुल्ला सर्वाजानिक स्थलहरू हुँदा पनि रोडमै आयोजना गर्दा समस्या भएको गुनासो गरे। ‘काँही नभएको हाँडी जात्र गाइघाटमै हुन्छ,’ उनले भने, ‘गाइघाट बजारको मुख्य रोड भनेको गोलोपार्क र पिपलचोक रोड हो। त्यही रोडमै फुड फेस्टिवल आयोजना गरेपछि सवारी साधन कता जाने?’ रोडमै भोलि पुस १ देखि १० गतेसम्म सञ्चालन हुने फुड फेष्टिबलको तयारी तीब्र बनाइएको छ। मुख्य रोडमै फेष्टिबलको लागि स्टल, मञ्च निर्माण गर्न थालेपछि सवारी साधनले सास्ती पाएका छन्।

एम्बुलेन्स लगायतका इम्मरजेन्सी सवारी साधनले पनि घुमाउरो रोडको विकल्प खोज्नु पर्ने भएको छ। रोडमै १० दिन चल्ने फुड फेष्टिबल मेला आयोजना हुँदा पनि सम्बन्धित निकायबाट अन्यत्र सार्न कुनै पनि चासो नभएको अटो रिक्सा चालक हिमाल बस्नेतको दुखेसो छ। ‘सडकमै फुड फेष्टिबल आयोजना गरिएको छ,’ उनले भने, ‘प्रशासनले पनि कमिशननै खाएर रोडमै कार्यक्रम आयोजना गर्न दिन्छ की क्या हो। रोडनै जाम भएपछि समस्या भयो।’ यसो भन्छन्, आयोक र प्रशासन  सडक नै छेकेर फुड फेष्टिबल आयोजना गरेको भन्दै प्रशासनले दुख दिने काम गरेको  होटल व्यवसायी संघ उदयपुरका सचिव शिव अधिकारीको आरोप छ। ‘पहिला प्रशासनले रोडमै गर्न अनुमति दिए,’ उनले भने, ‘भोलिबाट फुड फेष्टिबल सुरु गर्नु पर्ने छ। प्रशासनले एक पट्टिबाट खोल भन्छन्। अहिले आएर समस्या भयो। प्र

शासनले दुख दियो।’ दुई लेनको सडकमा पुरै जाम गरेर फेष्टिबलको लागि स्टल निर्माण गरिएको छ। जसले गर्दा सर्वसाधरण र सवारी साधनले सास्ती भोग्नु गुनासो छ। उदयपुरका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले सडकनै छेकेर फुड फेष्टिबल आयोजना गरेपछि प्रहरीलाई तत्काल भत्काउन आदेश दिएको बताए। ‘प्रहरीलाई तत्काल खाली गर्नु भनेको छु,’ उनले भने, ‘जिल्ला प्रशासनबाट कुनै पनि अनुमति नलिइकन सडकमै आयोजना गरिएको हो। सडक अवरुद्ध बनाउन पाइँदैन।’

जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी अर्जुन रानाभाटले एकपट्टिको सडक खाली गरेर यातयात सञ्चालन गर्न आयोजकलाई अनुरोध गरेको बताए। ‘एक पट्टिबाट सडक सञ्चालन गर्नुभनेको छु,’ उनले भने, ‘सडकनै जाम गर्नु हुने थिएन। यहाँ गरे।’ के हो फुड फेष्टिबल? जिल्ला होटल व्यवसायी संघ र झीगु नेवाः पुचः उदयपुरको आयोजना फुडफेस्टिवल (खानाको परिकार) मेला उदयपुरमा पहिलो पटक गर्न लागेको हो। आयोजकका अनुसार मेलामा विभिन्न जातजातिका स्थानीय परिकार प्रर्दशनी, बिक्री वितरण र नेवार समुदायको प्रदेश १ स्तरीय लाखे नाच प्रतियोगिता समेत आयोजना गरिएको छ। मकैको खाना, कोदोको ढिँडो, सिस्नो, गुन्द्रुक, भुटेको मकै, खिर, सेलरोटी, फापरको परिकार, नेवार सुमदायको यमरी, दनुवारको अन्डी, थारुको घुगी जस्ता परिकारहरू मेलाका प्रमुख आकर्षक रहने जिल्ला होटल व्यवसायी संघका सचिब शिव अधिकारीले बताए। ‘वाह्य पर्यटक भित्र्याउन,आन्तरिक पर्यटन प्रवर्द्धन गर्न र आर्थिक कम भएका व्यवसायीलाई प्रोत्साहन गर्न आशा लिएका छौं,’ उनले भने, ‘करिव ५० हजार आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउने लक्ष्य लिएका छौं।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्