सम्झौता अनुसार काम नभएको भन्दै ईनरुवामा फोहोर थुपारेर स्थानीयद्वारा यातायात अवरुद्ध

सम्झौता अनुसार काम नभएको भन्दै ईनरुवामा फोहोर थुपारेर स्थानीयद्वारा यातायात अवरुद्ध

ईनरुवा, १ पुस ।
सम्झौता बमोजिमको सडक नबनेको विषयमा रुष्ट बनेका इनरुवा ३ नम्वर वडावासीले फोहोर थुपारेर यातायात अवरुद्ध गरेका छन् ।
नगरपालिकाको ध्यानाकर्षणसहित सांकेतिक विरोध स्वरुप उनीहरुले नगरपालिका छेउबाट सखुवागाछी पुग्ने सडक खण्ड अवरुद्ध पारेका हुन् । बाँससहितको ढाट तेस्र्याएर आवतजावत रोकेका स्थानीयहरुले मालपोत सडकखण्डमा फोहोर थुपारेका थिए । अवरोधका कारण सो खण्डमा केही घण्टा यातायातका साधन सञ्चालनमा आउन सकेनन् । सडकको अवरोध प्रहरीले हटाएपछि यातायातका साधन सञ्चालनमा आएका छन् । सखुवागाछीदेखि बबियासम्म ठेक्का लागेको सडक सम्झौताअनुरुप नबनेको र आफूहरुको क्षेत्रमा सडक लथालिङग अवस्थामा रहेको भन्दै वडा नम्बर ३ बासी आन्दोलित बनेका हुन् । नगरपालिकाको कार्यालयले सम्झौताअनुरुपको निर्माण कार्य जारी रहेको र बजार हँुदै सखुवागाछीसम्मको सडक बेलैमा सक्ने बताउँदै आए पनि स्थानीयले भने विरोध जनाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्