हत्यारालाई कार्वाहीको माग गर्दै ईटहरीमा युवाको प्रदर्शन

हत्यारालाई कार्वाहीको माग गर्दै ईटहरीमा युवाको प्रदर्शन

ईटहरी, १ पुस ।
बलात्कारपछि हत्या गरिएकी कन्चनपुरीको १३ वर्षिया बालिका निर्मला पन्तको हत्यारालाई पक्राउ गरि कारवाही गर्न माग राख्दै सुनसरीको इटहरीमा युवाहरुले प्रदर्शन गरेका छन् ।
चार महिना अगाडि बलात्कारपछि हत्या गरिएकी निर्मलाका हत्याराहरुलाई कानुनी दायरामा ल्याउन नसकिरहेको समयमा इटहरीका युवाहरुले निर्मलालाई न्याय देउ भन्दै प्रदर्शन गरेका हुन् । युवा आवद्ध विभिन्न क्लब तथा संस्थाहरुले इटहरीको मुख्य चौक क्षेत्रमा प्लेकार्डसहित प्रदर्शन गरेका थिए । क्वीक भेलेन्टर, दारी ग्यागं, जननी युवा क्लब, एक जुट युवा क्लब, ट्वीरियन सोसाईटी लगायतका क्लव तथा संस्थाहरुमा आवद्ध युवाहरुले निर्मलालाई न्याय देउ लगायतका नारा लेखिएका प्ले कार्ड बोकेर प्रदर्शन गरेका थिए । चार महिनादेखि मुलुकका विभिन्न ठाउँमा निर्मलाका हत्याराहरुलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन माग राख्दै विरोध प्रदर्शन हुँदै आएको छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्