शैक्षिक क्षेत्रमा निजी शिक्षण संस्थाले गरेको योगदानलाई सरकारले उच्च मूल्यांकन गर्नुपर्ने

शैक्षिक क्षेत्रमा निजी शिक्षण संस्थाले गरेको योगदानलाई सरकारले उच्च मूल्यांकन गर्नुपर्ने

ताप्लेजुङ,१ पुस ।  निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का केन्द्रीय अध्यक्ष विजय सम्बाहाम्फेले मुलुकको शैक्षिक क्षेत्रमा निजी शिक्षण संस्थाले गरेको योगदानलाई सरकारले उच्च मूल्यांकन गर्नुपर्ने बताएका छन् । शनिवार प्याब्सन ताप्लेजुङको सातौं जिल्ला अधिवेशनको उद्घाटनका क्रममा अध्यक्ष सम्बाहाम्फेले यस्तो बताएका हुन् ।

निजी शैक्षिक संस्थाहरूले विद्यालय तह र उच्च शिक्षामा गरेको योगदानलाई बेवास्ता नगर्न सरकारलाई उनले आग्रह गरे । निजी विद्यालयहरू व्यावसायिक र नाफामूलक भए पनि मुलुकको शैक्षिक गुणस्तर उकास्न सामुदायिक विद्यालयको तुलनामा अघि रहेको दाबी गर्दै निजी विद्यालयलाई हेर्ने सरकारको दृष्टिकोण सकारात्मक हुनुपर्ने उनले बताए । शैक्षिक क्षेत्रको सुधारका लागि निजी शैक्षिक संस्थाहरूसँग समन्वय बढाउनुको सट्टा सरकारले दोष मात्रै थुपार्ने काम गरेको उनको टिप्पणी छ । स्थानीय र प्रदेश सरकारले समेत निजी शैक्षिक संस्थालाई ध्यान नदिएको उनले गुनासो गरे ।

कार्यक्रममा प्याब्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष डिके ढुंगानाले सामुदायिक र निजी दुवैतर्फका शैक्षिक संस्थाप्रति राज्य सकारात्मक हुन नसकेको आरोप लगाए । निजी विद्यालयहरूलाई हेर्दै नहेर्ने र सामुदायिक विद्यालयको हकमा छुट्याएको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसक्नु सरकारको कमजोरी रहेको उनको ठहर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्