सुनसरीका किसानहरू मलखादविना गहुँ छर्न बाध्य ,उन्नत जातको बीउको पनि अभाव

सुनसरीका किसानहरू मलखादविना गहुँ छर्न बाध्य ,उन्नत जातको बीउको पनि अभाव

जयकृष्ण यादव

इनरुवा, पुस १ गते । सुनसरीका किसानहरू मलखादविना गहँु छर्न बाध्य भएका छन् । मलखादको अभाव र उन्नत जातको बीउको अभावमा घरकै स्थानीय जातको गहुँ खेती त्यसमा पनि पोटास मलविनाको गहँु छर्न बाध्य भएका हुन् ।

स्थानीय बजारमा उन्नत जातका बीउ नपाइएकाले किसानले घरकै राखेका स्थानीय जातको गहुँ खेती गरेको भए पनि मलविनाको गहुँ छरेका स्थानीयहरूले बताएका छन् ।

एकातिर धान काट्न ढिलाइ भएको त्यसमा पनि युरिया, डीएपी र पोटास मलविनाको स्थानीय जातकै गहुँ छर्न बाध्य भएका इनरुवा ९, बबियाका किसान सियारम यादवले बताउनुभयो । खेती गर्नका लागि विभिन्न समस्या खेपिरहेकोमा किसानले यसपालि धान काट्न ढिलाइ र त्यसमा पनि मलखादको अभाव रहेकाले थाप समस्यामा परेका यादवले बताउनुभयो ।

जिल्लाको स्थानीय बजारमा प्रयाप्त मल नपाएको कारणले समस्या भएको अर्का किसान दीपेन्द यादवले गुनासो गर्नुभयो । यहाँका किसानलाई समयमा न त सिँचाइ, न मलखाद र न त बीउ नै बजारमा भेटिन्छ, जसले गर्दा समस्या भएको उहाँको भनाइ छ । किसानलाई राहत दिनुपर्नेमा समयमा मलखाद नै नपाइने भएपछि धेरै किसानले गहँु छर्न नपाएको अर्का किसान श्याम शर्माले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्