‘मेरो शान मेरो स्वाभिमान, राष्ट्रिय झण्डा मेरो स्वाभिमान’ नारासहित आज झण्डा दिवस मनाइँदै

‘मेरो शान मेरो स्वाभिमान, राष्ट्रिय झण्डा मेरो स्वाभिमान’ नारासहित आज झण्डा दिवस मनाइँदै

काठमाडौंँ, पुस १ गते ।

‘मेरो शान मेरो स्वाभिमान, राष्ट्रिय झण्डा मेरो स्वाभिमान’ नारासहित आइतबार नेपाली राष्ट्रिय झण्डा दिवस मनाइने भएको छ । अन्तर्राष्ट्रियरूपमा नेपालीपनको प्रवद्र्धन र प्रसार गर्ने उद्देश्यले दिवस मनाउन लागिएको हो ।

राष्ट्रिय धरोहर संरक्षण महाअभियान नेपालले पहिलो पटक पुस १ गते राष्ट्रिय झण्डा दिवसको रूपमा मनाउन लागेको कार्यक्रम संयोजक श्याम बजगाईले जानकारी दिनुभयो । उहाँले २०६२ साल पुस १ गते (१६ डिसेम्वर) संयुक्त राष्ट्र संघले नेपालको झण्डालाई अङ्कित गरेको दिनलाई स्मरण गर्दै राष्ट्रिय झण्डा दिवस मनाउन लागिएको बताउनुभयो ।

सामाजिक सञ्जाल फेसबुक लगायतको माध्यमबाट नेपाली झण्डा बोकेर काठमाडौँको बसन्तपुरमा भेला हुन सबैलाई आग्रह गरिएको महाअभियानले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्