कांग्रेस सभापतीको घरमा १४ बर्षिया बालिका मृत फेला 

कांग्रेस सभापतीको घरमा १४ बर्षिया बालिका मृत फेला 

उदयपुर पुस १,

नेपाली काग्रेसका बेलका नगर सभापतीको घरमा पढ्न बसेकी एक बालिका मृत अवस्थामा फेला परेकी छिन । काग्रेस नेता शुसिल सेडाईको घरमा पढ्न बसेकी बेलका नपा ४ की राधिका तिम्सिना मृत अवस्थामा फेला परेकी हुन । इलाका प्रहरी कार्यालय रामपुरले शुक्रबार ३ बजेको समयमा सेडाईको घरमा बालिकाको मृत्यु भएको जनाएको छ । ‘घरमा पढन बसेकी बालिका कोठमा मृत अवस्थामा रहेको भन्ने खबर पाएपछि प्रहरी पुग्दा झुण्डीएर आत्महत्या गरेको अवस्थामा फेला पार्याै ।’


इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक नविन सिंहले भने ‘दुई तले घरको भुई तलामा बालिका बस्ने कोठमै झुडीएको अवस्थामा फेला परेपछि शवको पोष्टमार्टमको लागि बेल्टार पठाएका छौ ।’ बालिकाको शव पोष्टमार्टमको लागि बेल्टार स्वास्थ्य केन्द्रमा राखिएको छ । बुबा बेपत्ता र आमा बैदेशिक रोजगारीमा रहेकी राधिका विगत दुई बर्ष देखि सेडाईको घरमा बस्दै आएकी मृतकी ठुलोबुबा कुमार भन्ने कविराज तिम्सिनाले जानकारी दिए । ‘आफु सुत्ने पलङ नजिक डोरीले पासो लगाएको अवस्थामा थिईन ।’ ठुलोबुबा तिम्सिनाले भने ‘बालिकाको घटना प्रकृती मुचुल्का गर्दा यौनीबाट अलिकती रगत निस्किए र खुट्टाले भुई छोएको अवस्था थियो ।’ बालिकाको आत्मा हत्या नभएर हत्या हुन सक्ने आशंका आफन्तको रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्