विराटनगरमा निर्माणाधिन तारणीप्रसाद कोइराला स्मृति सञ्चारग्रामको काम ४० प्रतिशत सकियाे

विराटनगरमा निर्माणाधिन तारणीप्रसाद कोइराला स्मृति सञ्चारग्रामको काम ४० प्रतिशत सकियाे

विराटनगर, १ पुस । नेपाल मै पहिलो पटक स्टील स्ट्रक्चरल प्रविधिमा बनाउन लागिएको तारणीप्रसाद कोइराला स्मृति सञ्चारग्रामको निर्माण कार्य ४० प्रतिशत सकिएकाे छ ।  विराटनगर महानगरपालिका वडा नं. ४ खारजीमा निर्माण भईरहेको सञ्चारग्राम सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र रेडियो नेपालको आर्थिक सहयोगमा विराटनगर महानगरपालिकाले निर्माण थालेकाे हाे ।  करीब १८ करोड २५ लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको सो सञ्चारग्राम १८ महिनामा निर्माण सम्पन्न गर्ने गरी ०७४ साल मंसिर देखि निर्माण कार्य शुरु गरिएको थियो । २०७३ साल जेठ २९ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दसञ्चार ग्रामको शिलान्यास सिलान्यास गरेका थिए ।

यस सञ्चार ग्रामको निर्माण कार्य बारे रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीसहितको टोली र विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमारप्रसाद दाहाल लगायतले अनुगमन र निरीक्षण गरी तोकिएको समयमा निर्माण सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका छन् ।   सञ्चारग्राम निर्माणका लागि रेडियो नेपाललाई अर्थ मन्त्रालयले १७ करोड ५० लाख रुपैयाँ उपलब्ध गराइसकेको कार्यकारी निर्देशक कार्कीले बताए ।   सञ्चारग्राम निर्माणका लागि विराटनगर महानगरपालिकाले ७ कट्ठा जग्गा उपलब्ध गराएको छ । संचारग्राममा पत्रकार सम्मेलन कक्ष, तालिम कक्ष, क्षेत्रीय सञ्चार संग्रहालय, रेकर्डिङ स्टुडियो लगायतका सुविधाहरु उपलब्ध हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्