संक्रान्तिबजार आगलागीको २ वर्ष : पीडितले घोषित राहत पाएनन्, पीडित अझै टहरामै

संक्रान्तिबजार आगलागीको  २ वर्ष :  पीडितले घोषित राहत पाएनन्, पीडित अझै टहरामै

तेह्रथुम, १ पुस। तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र संक्रान्तिबजारमा भिषण आगलागी भएको आज २ वर्ष पुरा भएको छ । वि.स. २०७३ पुस १ गते संक्रान्तिबजारमा भिषण आगलागी भएको थियो । आगलागी भएदेखि आठराई बासीले पुस १ गतको दिनलाई कालो दिनको रुपमा मनाउर्दै आएका छन् । भिषण आग्लागिबाट संक्रान्तिबजारका ३२ घर सहित ७३ परिवार विस्थापित भएका थिए । आगलागीबाट रु. १४ करोड ८ लाख रुपैयाँ बराबरको क्षति भएका थियो । आगलागी भएको दुई वर्ष पुरा हुदाँसम्म पीडित परिवारले नेपाल सरकारद्धारा घोषित राहात अझै पाएका छैन् । आगलागी क्षेत्रमा घरहरु समेत बन्न सकेका छौनन् ।

पीडितपरिवार अहिलेे पनि  टहरामा चिसो रात कटाईरहेका छन् । आगलागी भएको क्षेत्रमा अहिले सम्म चार ओटा मात्र स्थायी घर बनेको छ, भने तीनओटा जस्तापाताका अस्थायी घर बनेका छन् । आगलागी पछि आएका विभिन्न संघ संस्थाका राहातले पीडितहरुको पीडामा मलमपट्टी लागे पनि, सर्वस्व गुमाएका पीडितहरुले पुनःनिर्माणको काम गर्न अलमलमा परेका छन् ।

सरकारद्धारा घोषित राहात उपलब्ध हुने आशले संक्रान्तिबजार पुनःनिर्माण हुन सकिरहेको छैन । संक्रान्तिबजार आगलागीले सरकारकै ध्यान खिच्यो । तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सरकारका जम्बो टोलीले पीडित संग भेटघाट गरी आगलागी क्षेत्रको निरीक्षण गरेर विशेष राहत प्याकेज घोषणा ग¥यो, अन्तत पीडितहरुले सरकारबाट घोषित राहत प्याकेज पाएनन् ।

पीडित टहरामा

संक्रान्तिबजारका अग्निपीडितहरु अहिले सम्म टहरामा बस्न बाध्य छन् । आगलागिबाट सर्वस्व गुमाएका तीन परिवार अहिले सम्म टहरामा बसेको छन् । बाँकी परिवारहरु आफ्नो व्यवस्थान आफै गरेर डेरामा बसेका छन् ।“यस वर्षको जाडो पनि टहरामै बित्ने भयो”, “विदेश गएर कामएको पैसाले बनाएको घर छिनमै खरानी भयो, घर बनाउन सकिएन, सरकारले ढाट्ने काममात्र ग¥यो ।” टहरामा चिसो रात कटाइरहेका पीडित सूर्य गुरुङले भन्नुभयो “सरकारले ऋण दिए घर बनाउथे ।”जाडोको समय सुरु भएको छ । टहरामा सित परेर रात कटाउन नै गा¥हो हुन्छ, वनिवित्तो गरेर २ बच्चा सहितको ४ जनाको परिवार पाल्दैछु । घर बनाउने कुनै स्रोत छैन पीडित गुरुङले बताउनु भयो ।

बन्न सकेनन् घरहरु

आठराई गाउँपालिकाको केन्द्र संक्रान्तिबजारमा भएको भिषण आगलागी क्षेत्रको स्थलगल निरीक्षण तथा अग्निपीडित सँग भेटपछि प्रधानमन्त्री दाहालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट १ करोड उपलब्ध गराउने घोषणा गर्नु भएको थियो ।संक्रान्तिबजरमा प्रधानमन्त्री दाहालले आगलागी पीडितहरुकालागि राहत प्याकेजको घोषणा गर्दै अग्निपीडित परिवारलाईपुर्ननिर्माण तथा व्यावसाय पुर्नःस्थापित गर्न विना धितो न्युनतम ब्याजदरमा ऋण उपलब्ध गराउने घोषणा गर्नुभएको थियो ।

सरकारबाट घोषित राहात पाउने आशामा आवश पूर्न निर्माण गर्न नसकिएको पीडित डोलेश्वर थापा मगर बताउनु हुन्छ ।सरकारको राहात प्याकेज घोषणाले अलमल मात्र गरायो, घोषणा भएको २ वर्ष सम्म केही भएन्, पीडित मगरले भन्नु भयो, “पीडितहरुलाई प्रधानमन्त्रीले ढाट्नु भयो, यसैको आशमा दुई वर्ष वित्यो ।”

प्रधानमन्त्री आगलागी क्षेत्रमा आउने भएपछि कार्यक्रम व्यवस्थापनमा अगिनपीडित राहात कोषमा जम्मा भएको पैसामात्र खर्च भयो तर घोषित राहात पीडितले पाएनन् ।

पीडितले घोषित राहात पाएनन्

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले तेह्रथुमको आठराई सक्रान्तिबजारका अग्निपिडित सहयोगका लागि घोषण गर्नु भएको १ करोड रुपैयाँ सहितको विशेष राहत प्याकेज उपलब्ध नहुने नै भएको छ । भिषण आगलागी क्षेत्रको वि.स. २०७३ वर्षको पुस १९ गते स्थलगल निरीक्षण तथा अग्निपीडित सँग भेटपछि प्रधानमन्त्री दाहालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट १ करोड उपलब्ध गराउने घोषणा गर्नु भएको थियो ।

गत वर्ष र्नै गृह मन्त्रालयबाट पीडितहरुको पुर्नस्र्थापना तथा पुननिर्माणका लागि १ करोड उपलब्ध गराउने विषयमा अर्थमन्त्रालयको सहमति माग भएकोमा अर्थ मन्त्रालय बाट पीडितहरुका लागि सहुलियत ऋण उपलब्ध गराउने मात्र सहमति भएपछि घोषणा भएको १ करोड पीडितहरुलाई उपलब्ध नहुने नै भएको छ ।

आगलागीबाट पूर्ण रुपमा क्षति ग्रस्त २६ घर परिवारको ३२ घरहरु निर्माणका लागि २ प्रतिशत ब्याजदरमा शहरी क्षेत्रमा २५ लाख र अन्य क्षेत्रमा १५ लाख सहुलियत ऋण मात्र पाउने भएको बताइएको छ । सरकारले उपलब्ध गराउने भनिएको २ प्रतिशत ब्याजदरको सहुलियत ऋण झन्झटिले प्रक्रियाले पीडित परिवारले लिन सकिरहेका छैनन् ।

केन्द्रीय दैवी प्रकोप उद्धार समितिले गतवर्ष तेह्रथुमका आगलागी पीडितहरुले आवस पुननिर्माणका लागि पुर्न उद्धार कोष मार्पmत सरकारी कारोवार गर्ने स्थानीय बाणिज्य बैकबाट ऋण उपलब्ध हुने निर्णय गरेको थियो । घरधनीहरुलाई जिल्ला दैवी प्रकोप उद्धार समितिबाट प्रमाणित भएको क्षतिको विवरणको आधारमा मात्र सहुलिय ब्याजदरमा ऋण उपलब्ध हुने भनिए पनि पीडितले सरकारको राहातको महशुस समेत गर्न पाएका छैन् ।

पीडित व्यापारी चिन्तित

सरकारबाट घोषण भएको १ करोड रुपैयाँ सहितको विशेष राहत प्याकेज उपलब्ध नहुने भएपछि पिडितहरु चिन्तित भएका छन् । अग्निपीडित परिवारलाई “व्यावसाय पुर्नःस्थापित गर्न विना धितो न्युनतम ब्याजदरमा ऋण दिने” प्रधानमन्त्रीले भाषणमा उल्लेख गर्नु भएको थियो, घरधनीहरुलाई मात्र सहुलियत ऋण आउने भएपछि ठूलो क्षति भएका व्यापारीहरुलाई सम्बोधन नभएको ताप्लेजुङबाट संक्रान्तिबजार आएर व्यापार गर्दै आएका पीडित दिपेश प्रसाईले दुखेसो व्याक्त गर्नु भयो । “लाखौको लागानीको व्यापार खरानी भएको छ ।” पीडीत प्रसाईले भन्नु भयो, “राहात प्योज घोषणाले व्यपार पुर्नस्थापनामा सहयोग हुने आशा थियो, तर राहत प्याकेज भाषणमा मात्र सिमित भयो ।”

सरकारको राहात प्याकेज यस्तो थियो

सरकारको तर्फबाट प्रधानमन्त्री दाहालले आगलागी पीडितहरुकालागि राहत प्याकेजको घोषणा गर्दै अग्निपीडित परिवारलाई पुर्नःनिर्माण तथा व्यावसाय पुर्नःस्थापित गर्न विना धितो न्युनतम ब्याजदरमा ऋण उपलब्ध गराउने, सदमुकाम म्याङलुङ र संक्रानिबजारमा वृहत खानेपानी आयोजना सहितको फायर हाईडे«लको सन्चालन, दमकल खरिद, संक्रान्तिबजारमा चाडै केन्द्रीय प्रशारण लाइन विस्तार गरिदिने समेत प्याकेजमा घोषणा गर्नु भए पनि स्थानीयले अहिले सम्म प्याकेजको महसुस समेत गर्न पाएका छैनन् ।प्रधानमन्त्रीले तत्कालै संक्रानितबजारमा नेपाल बैंक तथा कृषि विकास बैंकका शाखाहरु पुनःस्थापनाको सम्बन्धित ठाउँमा निर्देशन भई सकेको र तत्कालै बैंकका शाखाहरु पुनःस्थापना गर्नका लागि आवश्यक पहल गरिने बताए पनि आठराई बासीले सरकारी बैंकका सुविधा लिन सदरमुकाम म्याङलुङमा ६८ किलोमिटर हिलाम्मे बाटोको जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको स्थानीय बासीले गुनासो गरेका छन् ।

विकासका लागि तमोर जलशाययुक्त आयोजना अघि बढाउन उर्जा मन्त्रालयलाई निर्देशन, तेह्रथुम सदरमुकाम म्याङलुङ–बसन्तपुर सडक खण्ड कालोपत्रे, मध्यपहाडी लोकमार्ग निर्माण, पाँचथर हाक्पारा घाटमा मोटर पुलको निर्माण, तमोर नदीको तटीय क्षेत्रका ९ गाविसमा खानेपानीको व्यवस्था साथै खोज तथा उद्धारका लागि सुरक्षा निकायलाई आवश्यक सामग्रीको व्यवस्था बजेट कार्यक्रमा मार्पmत गरिने प्रधानमन्त्री दाहालले बताउनु भएको थियो ।

(समाचार श्राेत : News24tv) तस्विर : अमृत बाँतोलाबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्