विराटनगरमा मादक पदार्थ सेवन गरी एम्बुलेन्स चलाउने चालक प्रहरी फन्दामा

विराटनगरमा मादक पदार्थ सेवन गरी एम्बुलेन्स चलाउने चालक प्रहरी फन्दामा

विराटनगर, १ पुस ।  मादक पदार्थ सेवन गरी एम्बुलेन्स चलाएकाे अाराेपमा प्रहरीले एकजनालाई पक्राउ गरेकाे  छ ।  जहदा गाउपालिका  १ बस्ने वर्ष २५ का सरोज राजबंशीलाई मापसे गरी एम्बुलेन्स चलाउँदै गर्दा पक्राउ गरिएको प्रहरीले जनाएकाे हाे ।   राजबंशीलाई विराटनगर ४ कन्चनबारी चोकबाट नियन्त्रणमा लिईएको हो । बुधनगर स्वास्थ्य चौकीको को १ झ ४८२ नम्बरको एम्बुलेन्स मादक पदार्थ सेवन गरी चलाएको पाईएकोले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय माेरङले जनाएकाे छ।

त्यस्तै सुनसरीको दुहवी नगरपालिका ८ बस्ने वर्ष २८ का राजन आचार्यलाई मापसे गरेर स्कुलबस चलाएको आरोपमा प्रहरीले पक्राउ गरेको छ । महेन्द्र मेमोरियल एकेडेमीको को १ ख २८९६ नम्बरको स्कुल बस मादक पदार्थ सेवन गरी चलाएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो ।  चालक सरोज राजबंशी र राजन आचार्यलाई फौजदारी अपराध संहिता ऐन २०७४ बमोजिम अनुसन्धान तथा कारवाही भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्