ईटहरीमा ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

ईटहरीमा  ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

सुनसरी, १ पुस। सुनसरीको ईटहरी उप-महानगरपालिका- ५ मा आइतवार ट्याक्टरको ठक्करबाट मोटरसाईकलमा सवार १ जनाको मृत्यु भएको छ । कोशी राजमार्ग अन्तर्गत पश्चिमबाट पूर्व जाँदै गरेको को १ त  ५६८५ नम्बरको ट्याक्टरले  को २८ प ६०७१ नम्बरको मोटरसाईकललाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिएको थियो ।  ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालक इटहरी-५ बस्ने बर्ष ४० को शालिग्राम निरौला र मोटरसाईकलको पछाडी सवार सुनसरी बराह नगरपालिका-९ बस्ने बर्ष ५० को हेमराज कोइराला घाईते भएका थिए ।  ठक्करबाट घाइते दुबै जनालाई उपचारको लागि ईटहरी स्थित एपेक्स अस्पताल पठाईएकोमा उपचारको क्रममा गम्भीर घाइते निरौलाको अस्पतलामा मृत्यु भएको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । ठक्कर दिने ट्याक्टरका चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्