कोशी ग्यास उद्योगको चरम लापरवाही, पुराना सिलिण्डर बजारमा पठाउँदा आगलागी

कोशी ग्यास उद्योगको चरम लापरवाही, पुराना सिलिण्डर बजारमा पठाउँदा आगलागी

[caption id="attachment_8791" align="alignnone" width="935"] फाइल तस्बिर[/caption]

विराटनगर, १ पुस ।
एलपीजी ग्यांस सिलिण्डर लिक भएर आगलागि हुंदा विराटनगरको एक घरमा चारलाख बढीको क्षति भएको छ । आगलागिमा मानवीय क्षति नभएपनि भान्सा कोठाभित्र भएका सम्पुर्ण सामाग्री जलेर नष्ट भएको छ । विराटनगर ७ जनप्रिय टोलस्थित मुंगालाल मण्डलको घरमा ग्यांसको सिलिण्डर लिक भएर आगालागि हुँदा भन्सा कोठामा भएका खाद्यान्न, भाँडा कुडा र विद्युतिय उपकरणहरु जलेर नष्ट भएको थिए । घरधनी मण्डलका बुहारी सुमन मण्डलले आफुले खाना पकाउने क्रममा आगलागि भएको । उनले आगलागिबाट आफु बच्न सफल भएपनि भान्सा कोठामा भएका सम्पुर्ण सामान जलेर नष्ट भएको बताईन् ।
गएराती भएको आगलागी घर धनी र स्थानियबासीले बालुवा र पानी प्रयोग गरेर नियन्त्रणमा लिएको बताएका छन । आगलागिबाट मण्डलको घरका भित्ताहरु समेत चर्किएको छ । उद्योगहरुले ग्यांस रिफिल गर्ने क्रममा लापरवाही हुने गरेकाले वारम्बार आगलागिको घटना हुने गरेको मोरङ ग्यांस बिक्रेता संघका सदस्य गणेशकुमार साहले दाबी गरे । सरोकारवाला निकायले समेत प्रभावकारी रुपमा ग्याँस उद्योगहरुको अनुगमन नगर्दा घटना दोहोरिने गरेको उनको भनाई छ ।
घटनाको बिषयमा प्रतिक्रिया लिन कोशी ग्यांस उद्योगका प्रबन्धक सचित उपाध्यायसंग टेलिफोन सम्पर्कगर्दा उनी सम्पर्कमा आउन चाहेनन् । यसअघि गएको असोज महिनामा समेत विराटनगर ५ कारखाना टोलमा ग्यांस सिलीण्डरबाट भएको आगलागिबाट स्थानिय ३० बर्षिय मुन्नी खातुन गम्भीर घाइते भएकी थिईन् । सो घटनामा पनि कोशी ग्यांसकै सिलिण्डर लिक हुँदा भएको आगलागिबाट खातुनको अनुहार र दुवै हातसहित शरिका विभिन्न भाग जलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्