विराटनगरको बिजुली अफिस नजिक निर्माण भएको गुणस्तरहिन नाला स्थानीयले भत्काए

<span class='c1'>विराटनगरको बिजुली अफिस नजिक निर्माण</span> <span class='c2'>भएको गुणस्तरहिन नाला स्थानीयले भत्काए</span>

विराटनगर, २ पुस ।
विराटनगर–७ मा मापदण्ड विपरीत निर्माण गरिएको कम गुणस्तरको नाला स्थानीयले भत्काउन लगाएका छन् ।
विराटनगरको वडा नम्बर २ र ७ को सिमानामा पर्ने बिजुली अफिस जाने पूर्व–पश्चिम सडकमा मापदण्ड विपरीत कम सिमेन्ट प्रयोग गरी बनाउन लागिएको नाला स्थानीयले भत्काउन लगाएका छन् । हाल नाला निर्माणको काम चलिरहेको सो ठाउँमा मापदण्डविपरीत थोरै सिमेन्ट प्रयोग गरी बुधबार जोडाइ गरिएको नाला भास्सिन थालेपछि आफुहरुले भत्काउन लगाएको स्थानीय भरत ठाकुरले बताए ।
स्थानीयको जानकारीपछि निर्माणस्थलमा आएका विराटनगर महानगरपालिकाका इन्जिनियर घनश्याम काफ्लेले निर्माण गरिएको नालाको दुई लेयरमा समस्या देखिएकोले भत्काएर पुन बनाउन लगाइएको जानकारी दिए । उनले मापदण्ड विपरीत हुने कामप्रति आफूहरु सजग रहेको समेत दाबी गरे ।
विराटनगरमा जारी क्षेत्रीय सहरी विकास परियोजनाअन्तर्गत नाला निर्माण हुँदैछ । परियोजनाअन्र्तगत ७३ किलोमिटर सडक कालोपत्रे र ३० किलोमिटर नाला निर्माणको काम हुँदैछ । सन् २०१७ नोवेम्बरमा सुरु परियोजनाको काम २०१९ नोभेम्बरमा सकिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्