लुगा धुन गएकी १३ वर्षीया किशोरी बलात्कृत, २ युवा पक्राउ

लुगा धुन गएकी १३ वर्षीया किशोरी बलात्कृत,  २ युवा पक्राउ

बेंसीशहर पुष २ :

लमजुङ प्रहरीले किशोरीमाथि बलात्कार गरेको अभियोगमा आइतबार २ युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटस्थित ककनी गाउँपालिका–६ का १९ वर्षीय विशाल तामाङ र राजकुमार तामाङ छन् ।

मंसिर २९ गते साँझ दोर्दी गाउँपालिकाको किसेदी खोलामा लुगा धुन गएकी १३ वर्षीया किशोरीलाई विशालले करणी गरेको स्थानीयलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।

विशालपछि साथमा रहेका राजकुमारले पनि बलात्कार प्रयास गरेका थिए । तर नसकेपछि उनी तत्कालै फरार भएको प्रहरीले जनाएको छ ।

बालिका बलात्कारपछि फरार रहेका तामाङद्धयलाई प्रहरीले आइतबार विहान पक्राउ गरेको हो । उनीहरुलाई जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्