कर्मचारी समायोजन अध्यादेश विधेयकले आफूहरुलाई विभेदमा पारेको भन्दै स्थानीय तहका कर्मचारी आन्दोलित

कर्मचारी समायोजन अध्यादेश विधेयकले आफूहरुलाई विभेदमा पारेको भन्दै स्थानीय तहका कर्मचारी आन्दोलित

विराटनगर २ पुस । सुनसरीको १२ वटै स्थानिय तहका कर्मचारीहरु सहित देशैभरका कर्मचारी समायोजन अध्यादेशको विरोधमा उत्रिएपछि स्थानीय तहमा कामकाज ठप्प हुन पुगेको छ ।
नेपाल नगरपालिका स्थानीय तह टे«ड युनियन संयुक्त आन्दोलन परिचालन समितिले काम नगर्ने भन्दै आन्दोलनमा उत्रिएको हुन्
स्थानीय तहमा कार्यरत कर्मचारी आवद्ध स्थानीय तह कर्मचारी संघ, स्थानीय तह कर्मचारी युनियन लगायत कर्मचारी संघ, संगठनमा आवद्ध कर्मचारीहरुले कर्मचारी समायोजन अध्यादेश विधेयकले आफूहरुलाई विभेदमा पारेको भन्दै विरोधमा उत्रिनु परेको कर्मचारिहरु बताएका छन् ।
यसैविच दुहवी नगर पालिकामा आवद स्थानीय तहका कर्मचारी हरु दुहबी नगर पालिका कार्यवाहक प्रमुख सुनिता दाहाल साह लाई आज ज्ञापन पत्र बुझाउदेै आफुहरु आन्दोलनमा उत्रिएको जानकारी गराएका थिए ।
स्थानीय तहको कर्मचारी समायोजनाको नाममा निजामति कर्मचारीहरुलाई मात्रै प्रोत्साहन गर्ने काम गरेको भन्दै स्थानीय तहमा कार्यरत अन्य तह र तप्काका कर्मचारीहरु आन्दोलनमा होमिनु परेको नेपाल कर्मचारी एसोसियसनका केन्द्रिय उपाध्यक्ष संजिब खड्काले बताए
कर्मचारी समायोजन अध्यादेशले कर्मचारीबीच फाटो उत्पन्न गराउने काम गरेको र विभेद भएको भन्दै निर्णय सच्याउदै समान सेवा सुविधा र बन्दोवस्ती मिलाउनुपर्ने माग सहित आन्दोलनमा उत्रिएको कर्मचारीहरुको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्