बिहे भोज खान गएका तीनजना सुतेकै ठाउँमा मृत भेटिए

बिहे भोज खान गएका तीनजना सुतेकै ठाउँमा मृत भेटिए

महेश केसी

रूकुम पश्चिम : रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१२ जुम्लाबाङस्थित बिहे भोज खान गएका तीनजना स्थानीय मृत फेला परेका छन् ।

मुसिकोट नगरपालिका–११ का ४८ वर्षीय कमानसिंह सार्की, वडा नं १२ का २१ वर्षीय पलबहादुर बिक र सानिभेरी गाउँपालिका–९ का ६३ वर्षीय खम्मु कामीको मृत्यु भएको हो ।

स्थानीय अमर बिकको छोरा बिहेमा गएका उनीहरु सुतेकै स्थानमा सोमबार बिहान मृत भेटिएका हुन् । घटनाबारे स्थानीयले जानकारी गराएपछि जिल्ला प्रहरी प्रमुख सुमित खड्का नेतृत्वको प्रहरी टोली घटना स्थलमा पुगेको छ ।

के कारणले मृत्यु भएको भन्ने अहिलेसम्म खुलेको छैन । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्