कोदालोले हानेर आफ्नै आमाको हत्या गर्ने छोरा समातिए

कोदालोले हानेर आफ्नै आमाको हत्या गर्ने छोरा समातिए

दैलेख पुष २ । नारायण नगरापालिका ३, भुर्तिमा एक युवाले कोदालोले हानेर आमाको हत्या गरेको प्रहरीले जनाएको छ । झुण्डिएर आत्महत्या गर्न खोजेका छोरा बालाराम नेपालीलाई बचाउने प्रयास गर्दा उल्टै ४७ वर्षीया आमा पार्वती नेपालीको ज्यान लिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

बालारामले आत्महत्या गर्न खोज्दा आमा, बज्यै र बहिनीले रोक्ने प्रयास गरेका थिए । बालारामको कोदालो प्रहारबाट स्थानीय जुवारी नेपाली, कौशिला नेपाली र मन्दिरा नेपाली समेत घाईते भएका छन् । घाईतेमध्ये जुवारी नेपालीको अवस्था गम्भिर रहेको छ । घाईते तीनैजनाकोे उपचार जिल्ला अस्पताल दैलेखमा भईरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब निरिक्षक ठाकुरप्रसाद पोखरेलले बताए । हत्या आरोपी बालारामलाई प्रहरीले नियन्त्रणमा लिईसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्