विराटनगरका एक युवाले दिए अभिभावक विहिन ३ दिदी वहिनीलाई न्यानो कपडा

विराटनगरका एक युवाले दिए अभिभावक विहिन ३ दिदी वहिनीलाई न्यानो कपडा

प्रेम देवान,
विराटनगर, २ पुस ।
पुस महिनाको त्यो चिसो मौसम । जो कोही शरीरमा न्यानो कपडा अनि खुट््टामा जुत्ता– चप्पल नलगाई बस्न नै सक्दैनन् । तर विडम्वना त्यो सबै चिज सबैको लागि नआउन पनि सक्छ । हो यस्तै एउटा वास्तविकता मोरङको जहदा गउँपालिका १ धुनीका अभिभावक विहिन ३ दिदी बहिनीको । सोमबार बिहानैै ति अभिभावक विहीन ३ जना दिदि बहिनी त्यो जाडो मौसममा काम्दै बसेका थिए ।
न त उनीहरुको जन्म दिने बुबा नै थिए नत आमा नै । केवल उनीहरुको साथमा मावलीकी हजुरआमा । तीनै दिदी बहिनीहरु मध्ये ९ वर्षीया रानी मुखिया , ७ वर्षीया नेहा र ४ वर्षीया सुनेना । आमाको चार बर्षअघि मृत्यु भएको र बाबुले पनि छोडेर वेपत्ता भएपछि उनीहरु अहिले अभिभावक विहिन बन्न पुगेका हुन् ।
शरिरमा एक जोरा कपडा त्यो पनि स्कुल पोसाकमा अनि ३ जना दिदिबहिनीको खाली खुट्टा । यो उनीहरुको रहर भने थिएन । यो त उनीहरुको अभिभावक नभएपछि गरिवीको वाध्यता । तर कहिले काही भगवानले पनि साथ दिन्छन् भने झै उनीहरुका लागी युवा समाजसेवी सुमन प्रसाई भगवान जस्तै बनेर देखिए ।
विराटनगर १० पिपलचोक निवासी ३० बर्षिया युवा समाज सेवी सुमन प्रसाईले ती अभिभावक विहीन बालिकाहरुका लागी न्यानो माया लिएर त्यहाँ पुगेका हुन् । हुन त सुमनले यस अघि ती अभिभावक विहिन बालिकाहरुको विषयमा केही समय अगाडी सञ्चार माध्ययमहरुमा अलि अलि थाहा पाएका रहेछन् ।
अझ त्यस विषयमा थप जानकारी विराटनगरका सामाजिक कार्यमा संलग्न पेरिस सुवेदीको मदत्तले सुमनलाई झनै सहयोग मिल्यो । यसरी दुवै जनाको पहलमा ती अभिभावक विहीन भएर बसेका नानीहरुलाई जाडोमा लगाउने एक – एक जोर न्यानो ट्रयाकसुट , टोपी अनि खुट््टामा लगाउने जुत्ता लिएर उनीहरु त्यहाँ पुगे ।
अभिभावक विहीन बालिकाहरुका लागी एक सेट ओढ्ने ओच्छाउने, सिरक डसना, सिरानी तन्ना र झुल पनि वितरण गरे । जाडो मौसममा त्यही अवस्थामा बसेका बालिकाहरुलागि खाद्यन्न सामाग्री समेत हस्तान्तरण गरे । अहिले मावली घरमा बस्दै आएका नानीहरुलाई सुमनले दाल,चिउरा, खानेतेल, साबुन, चाउचाउ प्रदान गरे ।
यसरी अभिभावक विहीन भएर बसेका बालिकाहरुका लागी एउटा ब्यत्तिले भन्दा पनि राज्यको तर्फबाट बालबालिकाको क्षेत्रमा काम गर्ने संघसस्थाहरुले हेर्नुपर्ने प्रसाईले बताए । अभिभावक विहीन भएर बसेका बालिकाहरुकालागि यस अघि जीवन विकास समाज र ह्याविटेट फर ह्युम्यानिटीले संयुक्त रुपमा घर निर्माण शुरु गरिदिएको छ ।
घर निर्माणकालागि मामाले १० धुर जग्गा उपलब्ध गराएपछि अहिले घर निर्माण कार्य धमाधम भईरहेको छ । अहिले ३ जना वहिनीहरु स्थानीय जनता बाल आधारभुत विद्यालयमा पढ्दै आएका छन् । पहिले रोडमा बस्दै आएका बाहिनीहरुकोलागि जीवन विकासले बस्ने घर बनाईदिने भएपछि यति बेला स–साना अभिभावक दिदी बिहिनी खुसी देखिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्