बेपत्ताको अवस्था सार्वजनिक गर्न माग

बेपत्ताको अवस्था सार्वजनिक गर्न माग

भोजपुर, २ पुस ।सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता व्यक्तिका परिवारले बेपत्ता सदस्यको अवस्था छिटो सार्वजनिक गर्न माग गरेका छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले भोजपुरका पीडित तथा सरोकारवालासँग आज गरेको अन्तरक्रियाका सहभागीले सो माग गरेका हुन् । द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिका आफन्तले बेपत्ता छानबिन आयोगले अहिलेसम्म आफूहरुलाई न्याय दिन नसकेको भन्दै सत्यतथ्य चाँडो सार्वजनिक गर्न माग गरेका हुन् । आयोगले भने उजुरीमाथि विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ ।

आयोगमा भोजपुरबाट १९ बेपत्ता परिवारले उजुरी दिएकामा दुईको पहिचान भइसकेको बताउँदै आयोगका सदस्य डा विष्णु पाठकले भोजपुरमा आधाभन्दा बढी पीडितले राज्यबाट पाउने सेवासुविधा अझै नपाएको बताए। जिल्लामा बेपत्ता भएका १९ मध्ये आठ जनाले मात्र राज्यबाट पाउने सेवासुविधा पाएको सो अवसरमा जानकारी दिइयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्