नक्कली शेना पक्राउ प्रकरण – भगवती चौधरीले भनिन् ‘छाेराकाे साथि बनेर अनुचित लाभ उठायाे’

नक्कली शेना पक्राउ प्रकरण – भगवती चौधरीले भनिन् ‘छाेराकाे साथि बनेर अनुचित लाभ उठायाे’

विराटनगर, २ पुस ।
नक्कली सेनाको सेकेण्ड ल्याप्टेन भन्दै ठगि प्रकरणमा पक्राउ गरेका सुगम ठकुरी नेकपाकी नेता भगवती चौधरीको बडीगार्डको रुपमा लामो समय काम गरेको भन्ने बिषय विवादमा आएको छ । प्रदेश र संघको निर्वाचनको रस्साकस्सी चलिरहेको थियो । सुनसरी क्षेत्र नम्बर ३ बाट उम्मेद्वार बनेकी थिइन भगवति चौधरी । यस अघि पनि सोही निर्वाचन क्षेत्रमा प्रभावशाली नेता विजय गच्छदारसँग पराजय भोगेकी भगवतीको लागि निर्वाचन क्षेत्रमा चुनाव जित्नु निक्कै कष्टकर थियो । उनलाई कसरी हुन्छ निर्वाचन जित्नै पर्ने थियो । उनी साम दाम सबै त्यागृर चाुनावमा होमिएकी थिईन् । यसरी निर्वाचनको समयमा ब्यक्तिहरुको आबस्यकता पनि बढी नै हुन्छ । निर्वाचनमा खटिने मान्छेको आवस्यकता उनलाई पनि थियो । यसका लागि उनको प्रचार प्रसारमा लाग्ने मानिसहरुको आवश्यकता थियो । त्यही बेला भगवतीको आखाँमा परे सुगम ठकुरी । उनी भगवती चौधरीका छोरा द्रव्यका नजिकका साथी थिए । यस अघि कुनै सार्वजनिक कार्यक्रममा देखा नपरेका सुगम ठकुरी सार्वजनिक कार्यक्रममा देखिन थाले ।
शुरुका दिनमा सामाजिक सञ्जालमा चुनावी प्रचार सामाग्री बनाउन र पोष्ट गर्न जिम्वेवारी पाएका सुगमले पछि भने भगवतीसँगै हिड्ने काम गर्न थाले । यसरी चुनावमा सँगै हिडाएका तिनै ब्यत्तिः भगवती चौधरकिो अहिले टाउको दुखाईको बिषय बनेको छ । केहि दिन अघि सेनाको लप्टन भन्दै ठगी गरेको आरोपमा सुगम ठकुरी पक्राउ परेपछि नेकपा की केन्द्रीय सदस्य चौधरी समेत यो प्रकरणमा मुछिएकी हुन् ।
भगवतीले भाषण गरेको कार्यक्रममा तथा उनी सहभागी हरेक कार्यक्रममा सेनाको पोसाकमा सुगम समेत हिडेको फोटो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि अहिले चौधरीमाथि स्थानीय स्तरमा दवाव बढ्दो छ । कतिपयले त भगवती चौधरीलाई समेत कारवाही हुनु पर्ने माग गरेका छन् । नक्कली सेनाको मान्छे भनेर जान्दा जान्दै भगवतीले किन सुगमलाई गार्ड बनाइन् ? यस विषयले भगवती चौधरीलाई अप्ठेरो पारेको छ ।
निर्वाचनको परिणाम पछि पनि सुगमले भगवती चौधरीलाई छाडेनन् । छोराको मिल्ने साथी भएपछि ठकुरी भगवतीका किचेन सदस्य भए । दुई चार दिन भगवतीकै घरमा बस्ने गर्थे । भगवतीको छोरा द्रव्य काठमाण्डौ जाँदा पनि सँर्गेै जान थालेपछि सुगमले भगवतीलाई अण्टीबाट ‘मम्मी’को साइनो लाउन थालेको उनी निकट श्रोत बताउँछ । यही बेला सुगमले भगवतीलाई भने म सेनाको ‘सेकेण्ड लेफ्टिनेन्ट’मा भिड्छु, मम्मी भन्न थालेपछि भगवतीले सेनामा सुगमलाई जागिर लगाउन सवै शक्ति लगाइन् । श्रोतका अनुसार फर्म भर्न जाँदै सुगमले भगवतीको छोरा भनेर परिचय दिए । त्यसपछि सेनाका मेजर केशब कार्कीले भगवतीलाई सोधे तपाँइको छोरा भनेर एउटा केटो आएको छ ।
भगवतीले जवाफ दिइन –‘मेरो छोराको साथी हो । मेरै घरमा बस्छ ।’त्यसपछि सुगमको सेनाको भर्ती प्रकृया शुरु भयो । भगवतीलाई मम्मी भन्ने सेनाका अधिकारीलाई भगवतीले सोर्स लगाइदिदै जाने । भर्ना प्रकृयाका बिभिन्न बिधामा सुगम फेल भएपनि भगवतीका कारण उनी भर्ना भए । सुगमलाई जागिर लगाउनका लागि भगवतीले कर्णेल, जर्नेल सम्मलाई भनेकी थिइन । श्रोतका अनुसार अफूले मात्रै भनेर नहुने भएपछि प्रधानमन्त्री कार्यालयबाट समेत भर्ना गराउन दवाव गएको थियो । यति ठूलो दवावामा सुगम भर्ना भएपनि तालिममा भने पुरा गरेनन् । उल्टो नक्कली परिचय पत्र बनाएर सर्वसाधारणलाई ठग्दै हिडे । यति मात्रै नएर प्रहरीलाई समेत उनले धम्क्याएको आरोप छ ।
भगवतीको आपत्ती
नेपाल आर्मीको लप्टन भन्दै ठगी गर्दै हिँड्ने ब्यक्तिलाई बडिगार्ड बनाएको पाईएपछि यो बिषय चौतर्फी आलोचनाको बिषय बनेपछि भगवती चौधरीले त्यो बिषय गलत भएको बताएकी छ्न् । चौधरीले सुगम ठकूरी भन्नेलाई प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसारमा प्रयोग नगरेको र उक्त समय निज ब्यक्ति आफ्नो छोराको सम्पर्कमा आएर त्यसले अनुचित लाभ उठाएको बताएकी छिन् ।
चौधरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा ठकूरी सुनसरी दुहवीकै मान्छे भएको हिसाबले छोरासँग केहि समय यता सम्पर्कमा रहेको र सोहि क्रममा निर्वाचन आउनुभन्दा धेरै अगाडी कहिले काहीँ आउजाउ गर्दा एकाध दुई पटक उसँग देखादेख मात्र भएको जिकिर गरेकी छिन् ।
चौधरीले त्यत्तिबेला समेत उक्त ब्यक्तिलाई ‘तिम्रो पारिवारिक ब्याक ग्राउण्ड के हो ?, के गर्छौ’ भनेर केरकार समेत गरेको बताएकी छिन्् । ठकूरीले आफुलाई नेपाल आर्मीमा भर्ति हुन तयारी गरिरहेको बताएको र आर्मीमा भर्ती हुने क्रममा आफ्नो नाम लिएको थाहा पाएपछि नै नेपाल आर्मीलाई आफ्नो छोरा नभएको स्पष्ट पारेको बताएकी छिन् । ‘म भगवती चौधरीको छोरा हुँ’ भनेर आर्मीमा भनेपछि आर्मीका कर्नेल लक्ष्मीभक्त श्रेष्ठ र मेजर केशब कार्कीले मलाई फोन गरेपछि मैले तत्कालै कर्नेल श्रेष्ठलाई ‘मेरो एउटा मात्र छोरा छ, त्यो पनि देहरादुनमा अध्ययनरत छ । मेरो छोरा हैन’ भनिसकेकी थिए ।’ चौधरीले भनेकी छिन् ।
उनले ठकूरी आफ्नोे छोरासँग कहिले काँही चुनाबी कार्यक्रममा आएको हुनसक्ने स्वीकार गरिन् । तर बडिगार्ड नै बनाएर आफुले नराखेको स्पष्ट पार्दै भनिन्, ‘छोरासँग साथीको नाता लगाएर मलाई आन्टी भन्दै भेटेको थियो, एकाध दुइपटक भेट गरेपनि मैले वास्ता गरेकी थिइन, उसले त्यहि भेटघाटको फोटो प्रयोग गर्दै सर्वसाधारण र प्रहरीलाई समेत ठग्ने काम गरेको रहेछ ।’
चौधरीले नक्कली आर्मी बनेर सर्वसाधारणलाई ठग्ने त्यस्ता ब्यक्तिलाई कारवाहीको माग गरेकी छिन् । ‘नेपालको कानुनलाई मिचेर कसैले अपराध गर्दै हिँड्छ, सेनाको लप्टन हुँ भन्दै नक्कली परिचयपत्र बनाएर हिँड्छ र सर्वसाधारण जनतालाई ठग्ने गर्दछ भने त्यस्ता ब्यक्तिलाई सजायको भागिदार बनाउनै पर्दछ ।’ चौधरीले गलत कृयाकलाप गर्ने, जनतामा भ्रम छर्ने सुगम ठकूरीलाई कानुनी कारवाही गर्ने सवालमा आफ्नो तहबाट नेपाल सरकारलाई जस्तोसुकै सहयोग गर्न पनि तत्पर रहेको स्पष्ट पारेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्