शिक्षा क्षेत्रलाई समय सापेक्ष  प्रविधिमैत्री बनाइने : मुख्यमन्त्री राई

शिक्षा क्षेत्रलाई समय सापेक्ष  प्रविधिमैत्री बनाइने : मुख्यमन्त्री राई

भोजपुर, २ पुस । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले शिक्षा क्षेत्रलाई समयसापेक्ष  प्रविधिमैत्री बनाइने बताएका छन् । हतुवगढी गाउँपालिका–९, हसनपुरस्थित जनसेवा माध्यमिक विद्यालयको स्वर्ण जयन्तीका अवसरमा आयोजित समारोलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

मुख्यमन्त्री राईले शिक्षा क्षेत्रको विकासका लागि प्रदेश सरकार गम्भीर भएर लागिपरेको बताए । उनले शिक्षालाई समयसापेक्ष र प्रविधिमैत्री बनाउन प्रदेश १ का एक सय विद्यालयमा सूचना प्रविधि सम्बन्धी शिक्षाको सुरुवात गर्ने र अबको तीन वर्षभित्र सबै विद्यालयमा प्रविधिको विस्तार गर्ने बताए । जिल्लाको स्वास्थ्य, शिक्षा, यातयातसँगै आर्थिक विकास गर्न सोही अनुरुप योजना बनाएर प्रदेश सरकारले काम गर्ने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्