विराटनगरको महेन्द्र मोरङमा बिद्यार्थीको दादागिरी, क्याम्पस प्रमुख २ घण्टा थुनिए

विराटनगरको महेन्द्र मोरङमा बिद्यार्थीको दादागिरी, क्याम्पस प्रमुख २ घण्टा थुनिए

विराटनगर, २ पुस ।
विराटनगरमा रहेको महेन्द्र मोरङ बहुमुखी क्याम्पस विद्यार्थीले गर्ने बिभिन्न आन्दोलनका कारण अस्तब्यस्त बन्न थालेको छ । बिभिन्न नाममा भएको आन्दोलनका कारण क्याम्पस जर्जर हुँदै गएको छ । सोमबार दिउँसो बिद्यार्थीले क्याम्पस प्रमुख बाबुराम तिमल्सिनाको कार्यकक्षमा तोडफोड गर्नुका साथै बिद्यार्थीहरुले क्याम्पस प्रमुखलाई कार्यकक्षमा थुनेका हुन् ।
विद्यार्थीहरुले आफु अनुकुलका विद्यार्थी नेता तथा कार्यकर्तालाई रकम बाँडेर कार्यक्रम गर्न दिएइको भन्दै अर्को पक्षिय बिद्यार्थीहरुको आक्रोश बढेपछि क्याम्पस प्रमुखको कार्यकक्ष उनीहरुको तारो बनेको हो । थुनिएका क्याम्पस प्रमुख तिमल्सिनालाई बिद्यार्थीको माग पुरा गर्ने सर्तमा २ घण्टा पछि छाडिएको थियो ।
नेबिसंघका एक पक्ष तोडफोडमा उत्रिएको थियो भने अर्को पक्ष क्याम्पस प्रमुखको समर्थनमा देखिएको थियो । नेबिसंघका क्याम्पस ईकाई सभापति जसबन्त पौडेलले विद्यार्थीहरुसँग सहकार्य नगरी क्याम्पस प्रमुखले मनोमानी काम गरेको आरोप लगाए । क्याम्पसको सम्पती बिद्यार्थीको पनि भएकोले बिद्यार्थी संगठनसँग सहकार्य नगरी एकलौटी काम गरेको बताए ।
तर कोईराला पक्षका बिद्यार्थी नेता उमेश खत्रीले भने यस बिषयमा आफुलाई जानकारी नभएको बताएका छन् । बिद्याप्तीमा हस्ताक्षर गरेको बिषयमा खत्रीले पौडेल नेबि संघको आधिकारिक ब्यक्ति नभएको समेत दाबी गरेका छन् । क्याम्पस प्रमुखको पक्षमा बोलेका उनले बिद्यार्थीलाई शैक्षिक भ्रमण लैजान ६ हजार क्याम्पसबाट आफुले दिलाई दिएको स्वीकार गरेका छन् ।नेबि संघका दुई पक्षको चेपुवामा अन्य बिद्यार्थी समेत परेको कतिपयको बुझाई छ ।
अनेरास्ववियु क्याम्पस कमिटि अध्यक्ष नविन पहाडीले क्याम्पस प्रमुखको दादागिरीको कारण घटना भएको बताएका छन् । विद्यार्थीको समस्या लिएर क्याम्पस प्रमुखलाई भेट्न जाँदा बिद्यार्थी संगठनका प्रतिनिधिलाई नै जेल हाल्ने धम्की दिएपछि विद्यार्थी संगठनहरु आक्रोशित भएको जानकारी दिए ।
यसैबिच, क्याम्पसमा भएको घटना लगतै बिद्यार्थी संगठनहरुले एक बिज्ञप्ती जारी गर्दै क्याम्पस सुधारको माग गरेका छन् । विज्ञप्तीमा अनेरास्वबियु, अखिल क्रान्तिकारी, नेवि संघ, रा.वि संगठन, नयाँ शक्ति विद्यार्थी युनियन र संघीय समाजवादी विद्यार्थी युनियनले क्याम्पस सुधारको लागि बिभिन्न समयमा भएको सहमती कार्यान्वयन गर्न उनिहरुले माग गरेका छन् ।
विज्ञप्तीमा क्याम्पस प्रमुखको नैतिकताका आधारमा राजीनामा दिनु पर्ने, पुनः निर्माणको नाममा आएको बजेट कमिशनको प्रलोभनमा परी प्रशासनको मिलेमतोमा कमशल सामाग्री प्रयोग भएको पाईएकोले त्यस्ता सामान हटाई गुणस्तरिय सामान प्रयोग गर्नु पर्ने, क्याम्पस परिसरमा रहेका रुख बिरुवा अबैध रुपमा कटान गरि कमिशनको प्रलोभनमा बिक्री गर्न खोजेको बिद्यार्थीको आरोप छ ।
बिद्यार्थी संगठनहरु विचमा भएको सहमती कार्यान्वयन नगरेको, भर्ना शुल्क न्युनतम कायम गरिनु पर्ने, पुस्तकालयमा नयाँ संस्करणका पुस्तक ब्यवस्थापनको माग पनि बिद्यार्थीको छ । त्यस्तै बिद्यार्थीहरुले क्यम्पस परिसरमा शुद्ध खानेपानीको समेत माग गरेका छन् भने प्राध्यापक नियमित कक्षामा जानु पर्ने, जेनेरेटर लाईनको ब्यवस्था गर्नुपर्ने, विज्ञान प्रयोगशालालाई ब्यवस्थित गर्नुपर्ने बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्