बिराटनगरको मौसम : रातिबाट वर्षा जारी , चिसो बढ्यो

बिराटनगरको मौसम : रातिबाट वर्षा जारी , चिसो बढ्यो

बिराटनगर पुष ३ । बिराटनगरमा हिजो रातिबाट वर्षा भइरहेको छ । सोमबारबाट बिराटनगरमा जाडो बढेको छ ।

बंगालको खाडीमा विकसित भएको सामुद्रिक चक्रवातका कारण नेपालमा यसको प्रभाव देखिएको छ । देशैभर चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसको प्रभावले रातिदेखि नै मध्ये र पूर्वी भागमा वर्षा भएको मौसमविद समीर श्रेष्ठले जानकारी दिए ।

उनले सोमबार यसवर्षकै चिसो दिन मापन गरिएको बताए । बिराटनगरको न्यूनतम १२.५ डिग्री सेल्सियस , काठमाडौंमा न्यूनतम २.४ डिग्री सेल्सियस कायम गरिएको थियो भने जुम्लामा माइनस ६ डिग्रीसम्म पुगेको जानकारी दिए ।

नेपाल चक्रवातको घेराभन्दा निकै टाढा भए पनि जलवाष्पयुक्त बादलका कारण यसको असर नेपालभरि नै परेको छ । अहिले पनि पूर्वी क्षेत्रमा हल्का वर्षा जारी रहेको मौसम विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्