निर्मला पन्त हत्या : अझै आएन विशाल र प्रदीपको डीएनए रिपोर्ट

<span class='c1'>निर्मला पन्त हत्या : अझै आएन</span> <span class='c2'>विशाल र प्रदीपको डीएनए रिपोर्ट</span>

काठमाडौं पुष ३ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याको आरोपमा पक्राउ परेका दुईजनाको डीएनए रिपोर्ट अझै नआएको प्रहरीले जनाएको छ ।

हत्यामा संलग्नताको आशंकामा काठमाडौंमै राखेर भीमदत्तनगर–१८ का विशाल चौधरी र प्रदीप रावलमाथि अनुसन्धान जारी छ । कञ्चनपुर प्रहरीका एसपी कुवेरसिंह कडायतले विशाल र प्रदीपको डीएनए रिपोर्ट अझै आइनसकेको बताए ।

घटनासँग जोडिएका प्रमाणको खोजीमा प्रहरी सक्रिय छ । बयानकै आधारमा प्रहरीले प्रदीप र विशालमाथि अनुसन्धान गरिरहेको छ । तर उनीहरुका आफन्तले भने प्रदीप र विशाल निर्दोष भएको दाबी गर्दै आएका छन् ।

शंकाको घेरामा राज्यको सुरक्षा निकायमै कार्यरत केही व्यक्ति समेत अझै छन् । तर, प्रदीप र विशालको अनुसन्धानको पाटो नटुंगिएसम्म प्रहरी अरुको डीएनए परीक्षण गर्ने मनस्थितिमा छैन ।

निर्मला हत्यामा संलग्न भएको आरोपमा तत्कालीन प्रहरीले स्थानीय दिलिप विष्टलाई मुख्य अभियुक्तको रुपमा सार्वजनिक गरेको थियो । दिलिपलाई सार्वजनिक गरेसँगै चर्किएको स्थानीयको आन्दोलनमा प्रहरीको गोली लागेर स्थानीय शनी खुनाको ज्यान गएको थियो ।

गोली लागेर घाइते भएका अर्जुन भण्डाराको त्रिवि शिक्षण अस्पतालमा उपचार जारी छ । उनी बोल्न सक्दैनन् भने उनको खुट्टा अपरेसनका क्रममा काटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्