भारतीय तस्कर नेपाल आएर नेपाल प्रहरी कुटे, हतियारसमेत लुटियो

<span class='c1'>भारतीय तस्कर नेपाल आएर नेपाल</span> <span class='c2'>प्रहरी कुटे, हतियारसमेत लुटियो</span>

वीरगन्ज पुष ३ । भारतीय तस्करहरुले पर्साको जगरनाथपुरमा रहेको प्रहरी चौकीका प्रहरीहरुलाई कुटपिट गरेर हतियारसमेत लुटेका छन् ।

जगरनाथपुर गाउँपालिका–१ पाडेपुरमा रहेको प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक विसुनदेवा यादवलाई कुटपिट गरी भारतीय तस्करहरुले बन्दुक लुटेर लगेका हुन् ।

भारतीय तस्करको कुटाईबाट घाइते भएका यादवको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । उनलाई थप उपचारको लागि काठमाडौं ल्याइएको छ ।

उनीसँगै हवलदार प्रेमबहादुर राणा र प्रहरी जवान अर्जुन चौधरी पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

सिमावर्ती पाडेपुर गाउँबाट हुने गरेको गरेका पेट्रोल र डिजेलको तस्करी रोक्न खोज्दा तस्करहरु प्रहरी माथी नै जाइलागेका थिए ।

दुईवटा मोटरसाइकलमा पेट्रोल र डिजेल लोड गरी भारतको इनर्वा बजार लग्ने समूहलाई नियन्त्रणमा लिन खोज्दा झडप भएको हो ।

घटनाका बारेमा अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्