सुनसरीमा अर्नाको आक्रमणबाट एक घाइते,बिराटनगरमा उपचार हुदै

सुनसरीमा अर्नाको आक्रमणबाट एक घाइते,बिराटनगरमा उपचार हुदै

सुनसरी, पौष ०३ गते ।

सुनसरीको कोशी गाउँपालिका-२ मा अर्नाको आक्रमणबाट सोमवार १ जना घाइते भएका छन् ।

राती १० बजेको समयमा सोही स्थान बस्ने वर्ष २३ को धर्मेन्द्र उराव लाई आफ्नै घर बाहिर बसी रहेको अवस्थामा जंगलबाट निस्किएको अर्नाले आक्रमण गरेको थियो ।

अर्नाको आक्रमणबाट घाइते उरावलाई उपचारको लागि जिल्ला अस्पताल ईनरुवा हुँदै थप उपचारको लागि विराटनगर स्थित गोल्डेन अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्