सुनको भाउ बढ्न थाल्यो, तोलाको ५९ हजार ४ सय रुपैयाँ

सुनको भाउ बढ्न थाल्यो, तोलाको ५९ हजार ४ सय रुपैयाँ

काठमाडौं पुष ३ ।

चार दिन स्थिर रहेर हिजो सोमबार घटेको बहुमूल्य धातु सुनको भाउ आजबाट बढेको छ । सोमबार तोलाको ५९ हजार ३ सय पुगेको तेजाबी सुनको भाउ आज मंगलबार १ सय बढेर तोलाको ५९ हजार ४ सय रुपैयाँ भएको छ ।
सुनको भाउ गत साता बिहीबारदेखि आइतबारसम्म स्थिर थियो । चारै दिन ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । सोमबार भने तोलामा २ सय रुपैयाँ घटेको थियो ।

अघिल्लो साता बिहीबार ३ सयले घटेर तोलाको ५९ हजार ५ सय रुपैयाँमा झरेको सुनको भाउ त्यसको अघिल्लो दिन बुधबार भने २ सय रुपैयाँ घटेर ५९ हजार ८ सयमा कारोबार भएको थियो । तर, मंगलबार भने तोलाको ६० हजार रुपैयाँ पुगेको थियो ।

यसअघि गत कात्तिक २० गते पनि सुन तोलाको ६० हजार रुपैयाँ पुगेको थियो । त्यसयता यसको भाउ उतारचढावपूर्ण रहँदै आएको छ । अघिल्लो साता सोमबार ५९ हजार ४ सय रुपैयाँ, आइतबार ५९ हजार रुपैयाँ र शुक्रबार प्रतितोला ५८ हजार ५ सयमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको दाँजोमा आज मंगलबार छापावाल सुनको भाउ प्रतितोला १ सयका दरले बढेर ५९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुनको भाउ भने प्रतितोला ५९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला ७ सय ३० रुपैयाँ पुगेको छ । सोमबार तेजाबी सुन तोलाको ५९ हजार र चाँदी तोलाको ७ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार पुस ३ (आज) सम्मको मूल्यसूची हेर्दा छापावाल सुनको भाउ पुस २ मा तोलाको ५९ हजार ३ सय तथा पुस १, मंसिर २९, २८ र २७ गते तोलाको ५९ हजार ५ सय रुपैयाँ थियो । मंसिर २५ मा भने तोलाको ६० हजार रुपैयाँसम्म पुगेको थियो । यसअघि मंसिर २४ गते ५९ हजार ४ सय, २३ गते ५९ हजार, मंसिर २, ३ र २० गतेको भाउ ५८ हजार ७ सय रुपैयाँसम्म पुगेको थियो ।

पछिल्लो एक साताको मूल्यसूचीअनुसार मंसिर २६ मा छापावाल सुनको भाउ प्रतितोला ५९ हजार ८ सय, मंसिर २७, २८ र पुस १ मा ५९ हजार ५ सय तथा पुस २ मा ५९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्