विराटनगरकी नेहाको अपहरण की भागी विवाह, आमा रुँदै प्रहरीकोमा, भनिन्–‘छोरी फर्क’

विराटनगरकी नेहाको अपहरण की भागी विवाह, आमा रुँदै प्रहरीकोमा, भनिन्–‘छोरी फर्क’

प्रेम देवान/ओवी
विराटनगर, ३ पुस । विराटनगर १५ मा रहेको श्रीराम स्कुलमा अध्यनरत एक छात्रा २ हप्तादेखि सम्पर्क विहीन भएकी छिन् । कक्षा १० मा अध्ययनरत १६ बर्षिया नेहा गिरी गत मंसिर २० गतेदेखि परिवार सम्र्पक विहीन भएको उनको परिवारले बताएका छन् । विराटनगर १५ मन्टापोखरी घर भएकी नेहा २० गते विहान कोचिङ पढ्न भनेर घरबाट निस्कीमा अहिलेसम्म घर पर्केकी छैनन् । पढ्न भनेर घरबाट निस्कीएकी छोरी अहिलेसम्म घर नफर्केपछि उनका परिवारले प्रहरी समक्ष खोजीगरिदिन आग्रह गरेका छन् । नेहाकी आमा गुन्जा गिरी गृहणी नै हुन भने बुबा जय प्रकाश गिरी विजुली मिस्त्रीको काम गर्दै आएका छन् ।
कोचिङ हिँडेकी उनी स्कुल पुगिनन्
मंसिर २० गते विहीबारको दिन बिहानै ५ बजे नेहालाई आमा गुञ्जाले उठाईन् । सँधै कोचिङ कक्षा जानुपर्ने भएकाले सदा झै आमा गुन्जाले छोरीलाई उठाईन् । खास छोरीले म आज कोचिङ कक्षा जान्न भनेर आमालाई भनिरहेकी थिईन् । मलाई आज जाने मनै छैन भनेर करकाप गर्दागर्दै पनि आमाले हैन छोरी तिमी स्कुल जानै पर्छ भनेर रोडसम्म पुर्याईन् । मन्टापोखरीदेखि करिब ४ सय मिटर टाढासम्म लिएर आमाले ल्याईन् । नेहालाई जनविकास स्कुल छेउ मलायरोडबाट सिटी रिक्सामा चढाईन् । आफ्नी आमाले अन्तिम पटक छोरी नेहालाई हात हल्लाउदै बिदाई गरेकी थिईन् । आमाले छोरीलाई सिटी रिक्सामा छोडेर घर आईन् ।
आमालाई तत्काल फोनमा धम्की
छोरीलाई रिक्सा चढाएर घर आएकी गुन्जाले घरको विहानी कामगर्दै थिईन् करिब एक घन्टा पछि उनको मोवाईलमा विदेशी नम्बरबाट फोन आयो । नेहा गिरीकी आमाले फोन उठाईन् । ‘म विदेशबाट बोलेको तेरो छोरी मेरो भाईसँग हिड्दै छ अरे ! छिटो छुटाईहाल नत्र त्यहीँ आएर काटिदिन्छु ।’ भन्योे नेहाकी आमाले रुदै भनिन् । सुरुमा त जिस्कीएको होला भनेर वास्तै नगरिनन्, फोन काटिन् तर बारम्बार २, ३ चोटी फोन गरेर गाली गर्दै गएपछि आफ्ना छोरासँग बोल्न लगाईन् । छोरासँग पनि त्यसरी नै गाली गर्दै बोल्न थाले पछि नेहाका भाईले पनि फोन काटे । आमालाई शंका लागेपछि आमा र भाई हतार–हतार स्कुल तर्फ लागे ।
आमा स्कुल पुग्दा छोरी छैन
आमा र नेहाको भाई श्रीराम स्कुलमा पुग्न साथ स्कुलका प्रिन्सीपल मनोज साहलाई सोधे, सर नेहा कक्षामा छ ? जवाफमा प्रिन्सिपलले नेहा कोचिङ आज नआएको बताए ।
स्कुल जाउ भनेर पठाएको छोरी स्कुलमा नभेटिएपछि आमा अचानक वेहोशी भईन् । साथमा रहेको छोरा र स्कुलका शिक्षकहरुले सम्झाए तर उनको मन बुझेन । विहानै ६ बजे कोचिङ जान्छु भनेर निस्किएकी छोरी स्कुलमा नहुदाँ छोरी कतै अपहरण र अप्ठेरोमा त परिनन् भनेर आमाले अनेकौँ सोच्न थालिन् । हत्तपत्त झापामा रहेका नेहाका बुबालाई पनि फोन गरिन् । नेहाकी आमाले चारैतिर आफन्तकोमा फोन गरिन् तर कहीँ पत्ता भने लाग्न सकेन ।
आखिर गईन् चै कहाँ ?
श्रीराम स्कुलमा ३ महिनादेखी सवारी चालकको काम गर्ने एक जना विनोद यादव थिए । विराटनगर १४ रेलमार्ग पुर्व घर भएका २४ बर्षिय यादवले म्याजिक भेनमा स्कुले बालबालिकालाई ओसारपसार गराउने काम गर्थे । कहिलेकाही नेहालाई पनि उनैले भेनमा बिद्यालयसम्म ल्याउने गरेको बिद्यालयका केही शिक्षकहरु बताउँछन् । स्कुलका अनुसार नेहा भने गाडीमा आउने विद्यार्थी थिईनन् । स्कुलबस तथा भेनमा आउनको लागि छुट््टै रकम बुझाउनु पर्नेहुन्छ । तर नेहालाई त्यही विनोद यादव भन्नेले कहिलेकाहीँ बसाएर ल्याउने गरेको बताईन्छ ।
नेहा हराएको दिनदेखि विनोद यादव पनि स्कुल नआएको स्कुलका प्रिन्सीपल मनोज साहले बताए । उता नेहा स्कुल नआउनु अनि विनोद पनि सोहीदिन देखी नआउनुले कतै नेहा विनोदसँगै छिन् की भन्ने आशंका गरिएको छ । नेहाकी आमाले छोरीको बारेमा सबै जानकारी गराएपछि स्कुलका प्रिन्सीपल सहित अन्य व्याक्ति विनोद यादवको घर गए । विनोद यादवको घरमा पुग्दा नत विनोद नै थिए नत नेहा नै । उनका बुबाआमालाई थाहा थिएन विनोद कता गयो भनेर । यता नेहाकी आमा गुञ्जाले भने छोरीलाई विनोदले जवरजस्ती अपहरण शैलीमा भगाएको बताएकी छन् ।
विनोदको परिवार अन्यौलमा
मंसिर २० गतेदेखि हराएको छोरो विनोद यादव कहाँ र के गर्दैछ भन्ने विषयमा उनका परिवारलाई पनि थाहा छैन । विराटनगर १४ घर भएका विनोदका बुबा रामु यादवलाई आफ्नो छोराको बारेमा थाहा नभएका बताए । जेठो छोरो मलेसियामा छ कान्छो छोरो २० गतेदेखि नै घर नआएको रामु यादवको भनाई छ ।
प्रहरी के भन्छ ?
नेहा कोचिङ जान्छु भन्दै बाटैबाट हराएपछि स्कुल र परिवारले तत्काल ईलाका प्रहरी कार्यलय रानी विराटनगरमा निवेदन दिए । ईलाका प्रहरी कार्यलय रानीका प्रहरी निरीक्षक ईन्द्र बहादुर रानाका अनुसार नेहा हराएकोबारे जानकारी आईसकेको छ । ‘नेहा हराएको दिन नै परिवार र स्कुलले नेहा र विनोद दुवैको फोटो सहित निवेदन दिएकाछन्, उनले भने, ‘हामीले फोटो र आशंका लागेको स्थानहरुमा खोजीकार्यलाई तिव्र पारेका छौ ।’
कानुनले मान्दैन १६ बर्षमा विवाह गर्न
नेपालको कानुन अनुसार दुवैले भागेर विवाह गरेको भएपनि कानुनी अनुसार २० बर्ष भन्दा तलको उमेरमा विवाह गर्न मिल्दैन । यदि विनोद र नेहाले एक आपसमा मिलेर विवाह गरेको भए विनोदलाई बालविवाहको मुद्धा लाग्नेछ । अहिले नेहा र विनादलाई प्रहरी र नेहाका आफन्तले खोजी रहेका भएता पनि अहिलेसम्म पत्ता लगाउन भने सकेका छैनन् । यदी अपहरण या अन्य कुनै कारण भएको भए उनीहरुको बिषयमा प्रहरीले चाँडो खोजी गर्नु पर्ने परिवारको भनाई छ । नेहा विनोद सँगै रहेको भन्ने स्पष्ट आधार पनि कसैसँग छैन । आशंकाका आधारमा अहिले खोजी भईरहेको छ।
आमाको यस्तो आर्तनाद
नेहाकी आमा गुन्जाले छोरीको फोटो देखाउदै भनिन्, ‘छोरी म तिमी विना बाच्न सक्दिन जसरी भए पनि आउ । म धेरै विरामी परेको छु एक चोटी भएपनि आउ ।’ आँखा भरी आशु झार्दै भनिन् ,‘म तिमीले जे जे भन्छौ त्यही गरीदिन्छु तर एक चोटी जसरी भएपनि आउ ।’ उनले आफ्नो छोरी जस्तो अबस्थामा भएपनि एक पटक भेट गाईन गुहार मागेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्