मन्त्री लालबाबु पण्डित कर्मचारी समायोजन बारे बुझ्न ६ सदस्य टोली सहित दिल्ली पुगे

<span class='c1'>मन्त्री लालबाबु पण्डित कर्मचारी समायोजन बारे बुझ्न</span> <span class='c2'>६ सदस्य टोली सहित दिल्ली पुगे</span>

विराटनगर, ३ पुस ।
नेपाल सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित नेतृत्वको टोली संघीयता पछि  कर्मचारी समायोजको अबस्था बुझ्न भारत पुगेको छ । ६ सदस्य टोली सहित भारत पुगेका मन्त्री पण्डित सहित सामान्य प्रशासन मन्त्रालयका सह सहिवको टोलीले आज भारतीय सामान्य प्रशासन मन्त्री डा.जितेन्द्र सिंहसँग छलफल गरेको हो । साथै त्यहाँको लोकसेवा आयोगका अध्यक्षसँग समेत भेटेर त्यहाँको कर्मचारी ब्यवस्थापन र त्यसको प्रयोग नेपालमा पनि कसरी गर्न सकिन्छ भन्ने बारेमा छलफल भएको बुझिएको टोलीमा संलग्न नेकपा प्रदेश १ सदस्य सत्यनारायण चौधरीले दिल्लीबाट जानकारी दिए ।
नेपालका कर्मचारी समायोजन तथा स्थानीय तहमा पठाउन समस्या देखिन थालेपछि सामान्य प्रशासन मन्त्री सहितको कर्मचारी ब्यवस्थापनका सहसचिव सहितको टोली भारत गएको हो । सामान्य प्रशासन मन्त्रालयका सहसचिव भुपाल बराल र सुरेश अधिकारीले त्यहाँको मन्त्रालयको अबस्थाको बारेमा बुझ्ने छन् मन्त्री मन्त्री पण्डितले समकक्षीसँग भेटेर अहिले आएका समस्या समाधानको बिषयमा छलफल गर्ने श्रोतले जनाएको छ।  दिल्ली भ्रमणकाे क्रममा जनप्रतिनिधि र कर्मचारीहरुको वृद्धि बिकासकोलागी अनुभव अदानप्रदान समेत गरिने कार्यक्रम रहेकाे छ। साथै संघीय सरचनामा कर्मचारी व्यवस्थापन , अनुमान योग्य कर्मचारी सरुवा बदुवा प्रणाली , जनप्रतिनिधि र कर्मचारी बिचको अन्तरसम्बन्ध, सूचना प्रविधी एव वृद्धि बिकासको लागी तालीम सम्बन्धि छलफल तथा  अन्तरक्रिया समेत भएकाे चाैधरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्